Logo

अपर नौंगड गाढ साना जलविद्युतको पिपिए मस्यौदामा हस्ताक्षर,१७ महिनामा सक्ने लक्ष्य

अपर नौंगड गाढ साना जलविद्युतको पिपिए मस्यौदामा हस्ताक्षर,१७ महिनामा सक्ने लक्ष्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाको बिद्युत खरिद बिक्री सम्झौताको मस्यौदामा अपि पावर कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ ।

मस्यौदामा हस्ताक्षर भए लगतै कम्पनीले आयोजनाको विद्युत खरिद विक्री सम्झौताको प्रक्रिया अघि बढाउने बताइएको छ । कम्पनीले आयोजनाको विद्युत खरिद बिक्री सम्झौता यसै महिना सम्पन्न हुने छ ।

कम्पनीले १७ महिनाको अवधिमा त्यही नदिमा ८ दशमलव५ मेगावाटको नौगड गाढ आयोजना निर्माण गरी विगत नौं महिनादेखि राष्ट्रिय प्रसारण लाइनमा जडान गरिसकेको छ ।

कम्पनीले ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजना पनि १७ महिनामा नै सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL