Logo

अरुण काबेली हाइड्रोको १५ लाख सेयर निष्काशन,१० हजार कित्तासम्म आवेदन दिन पाइने

अरुण काबेली हाइड्रोको १५ लाख सेयर निष्काशन,१० हजार कित्तासम्म आवेदन दिन पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अरुण काबेली हाइड्रो पावरले स्थानीय वासिन्दाका लागि सेयर निष्कासन गरेको छ । अरुण काबेलीले सोमबार देखि सेयर निष्कासन गरेको हो । पाँचथर र ताप्लेजुङका बासिन्दाका लागि १५ लाख कित्ता सेयर निष्कासन गरिएको बताइएको छ । लगानीकर्ताले असार ५ गतेसमम्म आवेदन दिन पाउनेछन् ।

सो १५ लाख कित्ता मध्ये पाँचथरका ३ गाविस र ताप्लेजुङका ४ गाविसका बासिन्दाका लागि ६ लाख कित्ता सेयर छुट्याइएको छ ।त्यस्तै बाँकी ९ लाख कित्ता सेयर दुबै जिल्लाका स्थानीय वासिन्दाले भर्न पाउँने बताइएको छ । पाँच वर्ष स्थायी बसोबास गरेका बासिन्दाले मात्रै सेयर भर्न पाउने प्रावधान राखिएको छ ।
पाँचथरका आयोजना प्रभावित क्षेत्र नागी, थर्पु र अमरपुर गाविसका बासिन्दाले र ताप्लेजुङका साब्लाखु, सिनाम, थुम्बेदिन र चाक्सिबोटे गाविसका बान्सिदाले ६ लाख कित्ता सेयर पाउँछन् । सिद्धार्थ क्यापिटल यो सेयरको विक्री प्रबन्धक हो ।

प्रतिकित्ता एक सय रुपैयाँको दरले न्युनतम ५० कित्ता र अधिकमत १० हजार कित्तासम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले अरुण काबेली पावर लिमिटेडको कार्यालय थापाथली, सप्तकोशी डभेलपमेन्ट बैंक फिदिम, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रविराँके पाँचथर, फिदिम र ताप्लेजुङमा आवेदन फारम बुझाउन सक्नेछन् ।

कुल १ अर्ब ५० करोडको अरुण काबेली पावर लिमिटेडको यो आयोजनमा संस्थापक समूहको एक अर्ब पाँच करोड रुपैयाँ लगानी छ । १५ करोड स्थानीय वासिन्दा र बाकी ३० करोड रुपैयाँको सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL