Logo

राहुघाट आयोजना अगाडी बढाइदै, लागत बढ्ने अनुमान

राहुघाट आयोजना अगाडी बढाइदै, लागत बढ्ने अनुमान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राहुघाट जलविद्युत् आयोजना ४० मेगावाट क्षमतामा अगाडि बढाइने भएको छ । प्राधिकरण सञ्चालक समितिको बिहीबारको बैठकले ३२ मेगावाट क्षमतामा थप आठ मेगावाट थप गरी सो आयोजनालाई पूर्ण क्षमतामा अगाडि बढाउने निर्णय गरेको हो ।

प्राधिकरणको निर्णयसँगै म्याग्दीमा निर्माणाधीन सो आयोजनाको क्षमतासँगै लागत समेत बढ्ने भएको छ । आयोजनाको भारतीय निर्माण कम्पनी आइभिआरसिएलको आर्थिक अवस्था कमजोर भएपछि निर्माण प्रक्रियामा नै छाडेको थियो ।

सो अवसरमा आयोजनाका प्रमुख कुलमान घिसिङले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएकोले आयोजना नयाँ आधारमा छिटो सम्पन्न गर्ने गरी अगाडि बढाइने बताए ।

विसं २०६६ मा सुरु भएको आयोजना रू. ७ अर्बको लागतमा यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको सिभिल ठेकेदार आइभिआरसिएलको कमजोर आर्थिक अवस्था र प्रक्रियागत ढिलाइका कारण १२ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनालाई ४० मेगावाट बनाउँदा रू. आठ अर्ब ६० करोड लागत अनुमान गरिएको छ ।

कालीगण्डकी करिडोरअन्तरगतको दाना सवस्टेशन जोड्ने १ सय ३२ केभी प्रसारण लाइनमा आयोजनाको विद्युत् जडान गर्न सकिने भएकाले यसअघिको मोदी–गलेश्वर प्रसारण लाइनको लागत नयाँ सर्वेक्षणका क्रममा हटाइएको छ । डिपिआर स्वीकृत भएपछि आयोजनाको ठेक्का प्रक्रिया सुरु हुने छ ।

हालसम्म पिप्ले तिल्केनीचौरमा अडिट नं ३ को ६४ दशमलव ५ मिटर सुरुङ र एक हजार ८० मिटर सडक निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL