Logo

एसएलसीलाई लक्षित गर्दै दैनिक १ घण्टा लोडसेडिङ घटाइने, सोमवारदेखि लागु

एसएलसीलाई लक्षित गर्दै दैनिक १ घण्टा लोडसेडिङ घटाइने, सोमवारदेखि लागु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दिनको १ घण्टा लोडसेडिङ घटाएको छ । प्राधिकरणले सोमबारदेखि लागु हुने गरी लोडसेडिङ घटाएको हो ।

एसएलसि परीक्षलाई लक्षित गरि लोडसेडिङ घटाइएको प्राधिकरणले जानकारी दिएको छ । यससँगै अव लोडसेडिङ दिनको १२ घण्टा हुनेछ । यसअघि हप्तामा ९१ घण्टा लोडसेडिङ अव हप्ताको ८४ घण्टा लोडसेडिङ हुने बताइएको छ ।

प्राधिकरणले यसअघि गत माघ १८ गते लोडसेडिङ बढाएको थियो। भारतबाट ८० मेगावाट बिजुली आयात हुन थालेपछि दैनिक २ घण्टासम्म लोडसेडिङ घट्ने बताइएको थियो ।

प्राधिकरणले करीव २ हप्ता अघि नै रातको १ घण्टा अनौपचारिक रुपमा लोडसेडिङ घटाएको थियो।loadsheeding

प्रतिक्रिया दिनुहोस्
MBL