Logo

नयाँ बन्ने सार्वजनिक भवनमा सोलार प्यानल अनिवार्य,नगरे नक्सापास कार्य अघि नबढाइने

नयाँ बन्ने सार्वजनिक भवनमा सोलार प्यानल अनिवार्य,नगरे नक्सापास कार्य अघि नबढाइने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र बन्ने सार्वजनिक भवनमा अनिवार्य रुपमा सोलार प्यानल जडान गर्नुपर्ने भएको छ ।

सरकारले महानगरभित्र नयाँ बन्ने विद्यालय, सार्वजनिक संस्थान, व्यापारिक कम्प्लेक्सलगायतमा सोलार अनिवार्य गरेको हो । जसअनुसार सो भवनमा उपयोग हुने उर्जाको २५ प्रतिशत सोलारबाट उत्पादन गर्नुपर्ने नक्सा विभाग प्रमुख इन्जिनियर राम थापाले जानकारी दिए ।

उनका अनुसार सोलार जडान गर्नका लागि सरकारले जडान खर्च १५ हजार रुपैयाँ उपलब्ध गराउने छ । त्यस्तै सोलार जडानका लागि बैंकबाट ऋण लिदाँ व्याज समेत मिनाहा गर्ने उनले जानकारी दिए ।

नयाँ सार्वजनिक भवन निर्माण गर्दा सोलार जडानको कागज नभइ नक्सापास कार्य अघि नबढाइने समेत थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्