Logo

उर्जामा परिवर्तनको बाटोमा विश्व : पहिलोपटक ‘सोलार र विन्ड इनर्जी’बाट ५० देशको १० प्रतिशत ऊर्जा उत्पादन

उर्जामा परिवर्तनको बाटोमा विश्व : पहिलोपटक ‘सोलार र विन्ड इनर्जी’बाट ५० देशको १० प्रतिशत ऊर्जा उत्पादन



काठमाडौं । ‘सोलार र विन्ड इनर्जी’ (सौर्य र वायु) विद्युतिय उर्जाको सबैभन्दा छिटो बढ्दो स्रोतका रुपमा देखिएको छ । सन् २०२१ मा ५० देशहरूमा विद्युतिय उर्जाको १० प्रतिशत हिस्सा पुगेको स्वतन्त्र ऊर्जा थिंक ट्याङ्क एम्बरले बुधबार जारी गरेको प्रतिवेदनले देखाएको छ । यससँगै कुल उर्जा उपयोगमा स्वच्छ स्रोत (क्लिन इनर्जी) बाट २०२१ मा विश्वको ३८% बिजुली उत्पादन भएको छ । जो कोइलाबाट उत्पादन हुने ३६ प्रतिशतको तुलनामा पहिलोपटक बढी हिस्साको उत्पादन हो ।

अभूतपूर्व वृद्धि

एम्बरले प्रतिवेदनमा यो वृद्धिलाई अभुतपूर्व वृद्धि भनेको छ । यदि ‘सोलार र विन्ड इनर्जी’ बाट हसने उर्जा उत्पादनमा १० वर्षको औसत समग्र वृद्धिदर २०% लाई २०३० सम्म कायम राख्न सके ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सकिने एम्बरको तेस्रो वार्षिक ‘ग्लोबल इलेक्ट्रिसिटी रिभ्यु’ रिपोर्टमा छ । प्रतिवेदनले सन २००० देखि २०२० सम्म २०९ देशहरूको बिजुली उत्पादनलाई समेटेको छ । पछिल्लो रिपार्ट अनुसार सन २०२१ मा ७५ देशहरूले विश्वव्यापी ऊर्जा मागको ९३ प्रतिशत प्रतिनिधित्व गर्ने उल्लेख छ ।

सन् २०१५ देखि पेरिस सम्झौतामा हस्ताक्षर भएयता विश्वव्यापी रूपमा ‘सोलार र विन्ड इनर्जी’ हिस्सा दोब्बर भएको छ । विश्वका पाँच ठूला अर्थतन्त्रहरू–अमेरिका, चीन, जापान, जर्मनी र बेलायत लगायत पचास देशहरूले २०२१ मा वायु र सौर्यबाट आफ्नो बिजुलीको दशांश भन्दा बढी उत्पादन गरेका छन् । सन् २०२१ मा पहिलो पटक चीन, जापान, मंगोलिया, भियतनाम, अर्जेन्टिना, हंगेरी र एल साल्भाडोरसहित सातवटा नयाँ देशहरूले यो ल्यान्डमार्क पार गरेका छन् ।

नेदरल्याण्ड, अष्ट्रेलिया र भियतनामले विगत दुई वर्षमा ‘सोलार र विन्ड इनर्जी’ बाट मागको दशमध्ये एक भाग उर्जा उत्पादन गरेका छन् । डेनमार्क, लक्जमबर्ग र उरुग्वेको नेतृत्वमा १० देशले २०२१ मा आफ्नो २५% भन्दा बढी बिजुली क्रमशः ५२%, ४३% र ४७% ‘सोलार र विन्ड इनर्जी’ उत्पादन गरेका छन् ।

एम्बरको विश्वव्यापी प्रमुख डेभ जोन्सले भने– ‘सोलार र विन्ड इनर्जी’ ले बिजुलीको माग पूरा गर्न सक्छ भन्नेमा हामी विश्वस्त छौं । तर, त्यो विन्दुमा पुग्न हामीले अझै धेरै काम गर्नुपर्नेछ । यदि हामीले अहिलेको वृद्धिदरहरू कायम राख्यौं भने, हामी छिट्टै त्यहाँ हुनेछौं ।’

कोइला पनि बढ्दो

यद्यपि, बिजुलीको माग सन् २०२१ मा अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक वृद्धि (+१,४१४ टेरावाट प्रतिआवर ) मा फर्किएको छ, जुन विश्वको बिजुलीको मागमा सिंगो भारतको खपत बराबर छ । र यसले जीवाश्म ईन्धन, विशेष गरी कोइलाको प्रयोगलाई बढाएो छ ।

सन २०२१ मा, कोइला पावरले कम्तिमा १९८५ (+९%) पछिको सबैभन्दा छिटो वृद्धि भेट्यो । जुन १०,०४२, टेरावाइटको नयाँ सर्वकालीन उच्च वृद्धि हो । कोइलामा भएको रेकर्ड वृद्धि विश्वव्यापी ग्याँस उत्पादनसँग मेल खादैन जुन २०२१ मा मात्र १% ले बढ्यो । जीवाश्म ईन्धनमा भएको बृद्धिले विश्वव्यापी उर्जा क्षेत्र उत्सर्जनलाई अहिलेसम्कै उच्च स्तरमा धकेल्यो । जुन सन २०१८ को रेकर्ड ३% ले भन्दा धेरै बढी हो ।

यो पनि उल्लेखनीय छ कि सन २०५० सम्म नेट शून्य प्रबिद्धताका बावजुद कुनै पनि प्रमुख तेल प्रयोगकर्ता देशले पेरिस सम्झौता अनुसार २०३० को लागि उत्सर्जन घटाउने लक्ष्यहरू अनुरुप काम गरेका छैनन् । जारी रिपोर्टमा क्लाइमेटएक्सन१००+, लगानीकर्ताहरूको संसारको सबैभन्दा ठूलो गठबन्धनले आफ्नो कम्पनी नेट शून्य बेन्चमार्कमा प्रतिबद्ध नरहेको उल्लेख गरेको छ ।

आशावादी भविष्य

प्रतिवेदनले भनेको छ कि अहिले विश्व नवीकरणीय र जीवाश्म ईन्धन दुवैमा परिवर्तनको बिन्दुमा पुगेको छ । प्रतिवेदनले देशहरूले नवीकरणीय ऊर्जाको साथ अगाडि बढ्नुपर्छ उल्लेख गर्दै जीवाश्म ईन्धनको आवश्यकतालाई घटाउँदै जानुपर्नेमा जोड दिएको छ ।

नवीकरणीय उर्जामा लिडरको रुपमा रहेको डेनमार्कले नवीकरणीय ऊर्जालाई सफलतापूर्वक ग्रिडमा एकीकृत गर्न सकिन्छ भनेर पुष्टि गरेको प्रतिवेदनमा छ । यदि हामीले ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने हो भने नयाँ तेल र ग्यास अन्वेषण र उत्पादन बन्द गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्