Logo

गोल्यान ग्रुपको एपोलो इनर्जी, चाइना इनर्जी र गेजुबा ग्रुपबीच जोइन्ट भेन्चर सम्झौता

गोल्यान ग्रुपको एपोलो इनर्जी, चाइना इनर्जी र गेजुबा ग्रुपबीच जोइन्ट भेन्चर सम्झौता



काठमाडौँ । २६० मेगावाटको नामलन खोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको गोल्यान समूहअन्तर्गतको एपोलो इनर्जी प्रालिले दुई चिनियाँ कम्पनीसँग संयुक्त उद्यम अघि बढाउने सम्झौता गरेको छ ।

जलविद्युत ऊर्जाको उपयोग गर्ने उद्देश्यले समूहले चाइना इनर्जी इन्टरनेशनल ग्रुप कम्पनी लिमिटेड र चाइना गेजुबा ग्रुप इन्टरनेशनल इन्जिनियरिङ कम्पनी लिमिटेडसँग संयुक्त उपक्रम(जोइन्ट भेन्चर)मा अघि बढ्ने गरी ‘फ्रेमवर्क सम्झौता’ गरेको हो ।

सम्झौता पत्रमा गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यान, गोल्यान ग्रुपको इनर्जी डिभिजनका सीईओ प्रविन अर्याल, चाइना इनर्जी इन्टरनेशनल ग्रुप कम्पनीका प्रमुख प्रतिनिधि यङ होङलिन र चाइना गेजुबा ग्रुपका प्रमुख प्रतिनिधि ओ ताओले हस्ताक्षर गरेका छन् ।

गोल्यान ग्रुपले आफ्नो विरासतलाई निरन्तर रूपमा अगाडि बढाउँदै नेपालको आर्थिक र सामाजिक आधारलाई अझ दिगो भविष्यको लागि बलियो बनाउन प्रयास गरिरहेको जनाएको छ । स्वच्छ र नवीकरणीय ऊर्जाले देशको आर्थिक सामाजिक विकासका साथै पृथ्वीलाई नै स्वच्छ बनाउने भन्दै ग्रुपले यस्तो सम्झौताका साथ अघि बढ्न चाहेको बताएको छ ।

समूहले आगामी दशकमा देशको नवीकरणीय ऊर्जामा ९०० मेगावाट योगदान गर्ने योजनासहित लगानी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्