Logo

उर्जा क्षेत्रमा ‘ग्रीन हाइड्रोजन’ को चर्चा : फाइदामात्र हैन, अर्थतन्त्र नै जोखिममा पनि पर्न सक्छ

उर्जा क्षेत्रमा ‘ग्रीन हाइड्रोजन’ को चर्चा : फाइदामात्र हैन, अर्थतन्त्र नै जोखिममा पनि पर्न सक्छ



काठमाडौं । नेपालमा पछिल्लो समय हाइड्रोजन इनर्जीबारे चर्चा शुरु भएको छ । देश उर्जामा आत्मनिर्भर बन्दै गएको र केही समयमै आवश्यक भन्दा धेरै बिजुली उत्पादन हुने हुँदा बिजुली खेर जाने अवस्था आएको छ । यस्तोमा उत्पादित विद्युतलाई हाइड्रोजन उर्जामा रुपान्तरित गरेर उपयोग गर्न सकिने बताइएको छ ।

भारतमा मोदी सरकारले त देशलाई हाइड्रोजन पावरयुक्त बनाउने महत्वपूर्ण कदम चालेको छ । यसै अन्तर्गत सरकारले नयाँ हरित हाइड्रोजन नीति तर्जुमा गरेको छ, जसलाई देशका उद्योगीले खुलेर स्वागत गरेका छन् । नयाँ नीतिमा सन् २०३० सम्ममा ५० लाख टन हाइड्रोजन उत्पादन गर्ने योजना छ, जसअन्तर्गत धेरै प्रोत्साहन पनि दिइने घोषणा गरिएको । जबदेखि हरित हाइड्रोजनको चर्चा सुरु भएको छ, तब देखि मानिसहरुको मनमा अनेकौ प्रश्नहरु उठिरहेका छन् । ग्रीन हाइड्रोजनको के हो भन्नेबारेमा धेरैलाई जानकारी पनि नभएको अवस्था छ ौं ।
ग्रीन हाइड्रोजन के हो ?

पानीबाट बिजुली पास गर्दा हाइड्रोजन उत्पादन हुन्छ । यो हाइड्रोजन धेरै वस्तुहरुमा पावर प्रवाह गर्न उपयोेग गरिन्छ । यदि हाइड्रोजन बनाउन प्रयोग हुने बिजुली नवीकरणीय स्रोतबाट आएको हो, अर्थात् विद्युत उत्पादनमा प्रदूषण नगर्ने स्रोतबाट आएको हो भने यसरी बन्ने हाइड्रोजनलाई ग्रीन हाइड्रोजन भनिन्छ । अब एउटा ठूलो प्रश्न छ, किन ग्रीन हाइड्रोजनको आवश्यकता छ ?

ग्रीन हाइड्रोजनको लाभ

हेर्ने हो भने विश्वमा ‘विन्ड पावर’ र सौर्य ऊर्जाबाट प्रदूषणमुक्त ऊर्जा उत्पादन भइरहेको छ । तर, हरेक उद्योगमा यस्तो उर्जा प्रभावकारी हुँदैन् । रेलहरू चलाउन र धेरै कारखानाहरूमा पनि यस्तो उर्जा उपयोग भएको छ । तर, आज पनि स्टिल, सिमेन्ट जस्ता उद्योगहरूमा कोइलाको आवश्यकता छ । यस्तै एयरलाइन्स र पानी जहाजको लागी तरल ईन्धन को आवश्यकता छ । यी सबै सौर्य ऊर्जा वा यसबाट प्राप्त बिजुलीबाट मात्र चल्न सक्दैनन् । नवीकरणीय ऊर्जामा भर परेर लामो दूरीको यात्रा गर्न सकिँदैन भन्ने कुरा पनि यसरी बुझ्न सकिन्छ । यस्तो अवस्थामा स्टिल–सिमेन्ट उद्योगलगायत एयरलाइन्स र जहाजमा लामो दूरीका लागि प्रयोग गर्न सकिने हाइड्रोजन पावरको आवश्यकता छ । यसलाई भण्डारण गरेर आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । अर्थात् ग्रीन हाइड्रोजनका धेरै फाइदाहरू छन् ।

ग्रीन हाइड्रोजनको हानि

ग्रीन हाइड्रोजनका धेरै फाइदा भए पनि यसका बेफाइदा पनि कम छैनन् । यसका साथै सुरक्षा र अर्थतन्त्रमा पनि खतरा छ । जब यसको सुरक्षाको प्रशन आउँछ यसको बारेमा धेरै जोखिम रहेको पनि जानकारहरु बताउँछन् । हाइड्रोजन अत्यधिक ज्वलनशील हुन्छ अर्थात् डिजेल–पेट्रोल ट्याङ्की चुहावट भयो भने त्यो जमिनमा फैलिन्छ तर हाइड्रोजन ट्याङ्कीमा सानो स्पार्क वा चुहावटले नराम्रो नतिजा निम्त्याउन सक्छ । ग्रीन हाइड्रोजनका फाइदा धेरै छन् तर यसको बेफाइदा पनि कम छैनन् । यसले सुरक्षा जोखिम मात्रै होइन, एउटा गल्तीले अर्थतन्त्रलाई पनि जोखिममा पार्न सक्छ ।

पुरानो विपत्तिबाट पाठ

सन १८९३८ मा हिन्डनबर्ग नामक एउटा ठूलो एयरशिप आगो लाग्यो । जसमा रहेका ९७ जना मध्ये ३६ जनाको मृत्यु भयो । त्यसपछि एयरशिपलाई असुरक्षित भनिएपछि एयरशिप उद्योग डुब्यो । सन् २०११ मा जापान भूकम्प र सुनामीको चपेटामा परेको थियो । यसले फुकिशिमा आणविक पावर स्टेशनमा हाइड्रोजनको ठूलो विस्फोट भयो र रेडियोधर्मी चुहावट निम्त्यायो । त्यहाँबाट लाखौं मानिसहरूलाई हटाइयो तर, यसको प्रभाव अझै पनि देखिन्छ । सन् १९८६ मा चेर्नोबिल आणविक दुर्घटनाले पनि हजारौं मानिसको ज्यान लियो ।

अर्थतन्त्रलाई पनि हानि

ग्रीन हाइड्रोजनमा ठूलो लगानीको आवश्यकता हुन्छ । यसका लागि सरकारले ठूलो अनुदान दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा सरकारलाई धेरै भार पर्ने हुन्छ, जुन वास्तवमा अर्थतन्त्रमा बोझ हो । यदि ग्रीन हाइड्रोजनको लागनी सफल भयो भने अर्थव्यवस्थामा ठूलो उछाल आउन सक्छ । तर असफल भएमा अर्थतन्त्रमा गम्भीर क्षति पुग्ने पनि निश्चित रहन्छ छ । ग्रीन हाइड्रोजनमा ठूलो लगानी गरेर पनि काम भएन भने त्यसले पनि अर्थतन्त्रमा गम्भीर असर पर्छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्