काठमाडौं । नेपाल र भारतवीच ढल्केबर – मुजप्फरपुर प्रसारण लाइन सञ्चालनको सम्झौता भएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाल र भारतको संयुक्त कार्य समूहको सचिवस्तरिय बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव सुमनप्रसाद शर्मा तथा भारतीय पक्षको नेतृत्व भारतीय विद्युत् मन्त्रालयका सचिव पिके पुजारीवीच यस्तो सम्झौता भएको हो ।
प्रसारण लाइन माघभित्रै निर्माण सम्पन्न हुने बताइएको छ । ढल्केबरमा १ सय ३२ केभी क्षमताको मात्रै सवस्टेशन भएका कारण भारतबाट तत्काल ८० मेगावट विजुली आयात गर्न सकिने नेपाल सरकारका उर्जा सचिव शर्माले जानकारी दिए । साथै उनले बुढीगण्डकी उत्तरगंगालगायत जलाशययुक्त आयोजना निर्माणको काम तिव्र रुपमा अगाडी बढाउनुपर्ने बताए । प्रसारणलाइनलाई प्राथमिकतामा राख्नसके भारत,बंगलादेशलगायत अन्य एशियाली मुलुकमा विजुली निर्यात गर्न सकिने शर्माले जानकारी दिए ।
त्यस्तै भारतीय विद्युत् मन्त्रालयका सचिव पिके पुजारीले बैठक दुईदेशवीच विद्युत आदानप्रदानका लागि निकै फलदायी भएको बताए । कार्यक्रममा नेपालका लागि भातरीय राजदुत रञ्जित रेले नेपाल र भारतबीचको विद्युत व्यापार सम्झौताले लोडसेडिङ हटाउने बताए । ‘एक दिन लोडसेडिङ इतिहास मात्र बन्ने छ’ उनले भने ।
नेपालको विकाशको आधार उर्जा भएकोले यसको प्रवद्र्धन गर्न सुझाव दिए । रेले नेपालको जलविद्युत क्षेत्रमा सुरक्षाको समस्या भएकोभन्दै लगानी गर्न चाहने स्वदेशी तथा विदेशी लगानीकर्ताको सुरक्षाको प्रत्याभुती गर्न नेपाल सरकारसंग आग्रह गरे ।
बैठकमा नेपाल र भारततीय पक्षबीचको सहकार्यलाई कसरी बढाउने, कार्यक्रमको कार्यन्वयनलगायतबारे सम्झौता भएको बताइएको छ । त्यस्तै सो प्रसारणलाईको रेगुलेटरी फ्रेमवर्क आगामी ६ महिनाभित्रै तयार गरिने बताइएको छ ।
कार्यक्रममा लगानीकर्ताहरुले विद्युत उत्पादनका लागि आवशयकसामग्रीहरु महंगो हुनेभएकोले विजुलीको मूल्य भारतको भन्दा बढी परेको जानकारी दिए । दुई देशबीच गत साल भएको विद्युत् व्यापार सम्झौता(पिटिए) को कार्यान्वयन गर्ने आधार खोजी गर्ने उद्देश्यका साथ वैठक सञ्चालन गरिएको हो ।
सन् २०३५ सम्म निर्माण हुने विद्युत् आयोजना तथा नेपाल र भारत दुवै मुलुकले आयात तथा निर्यात गर्दा निर्माण गरिने प्रसारण लाइनका विषयमा नै छलफल केन्द्रित रहेको बताइएको छ ।