Logo

नेपाली बजारमा माइक्रोम्याक्सको पुनरागमन, माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुई भेरिएन्ट सार्वजनिक

नेपाली बजारमा माइक्रोम्याक्सको पुनरागमन, माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुई भेरिएन्ट सार्वजनिक



काठमाडौं । ग्लोबल बिजनेस ग्रुप अन्तर्गतको शंकर इन्टरनेसनल प्रालिले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा भित्र्याएकाे छ । कम्पनीले एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली बजारमा अहिले माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुई भेरिएन्ट सार्वजनिक गरिएको जनाएको छ ।

माइक्रोम्याक्स मोइबाइका लागि नेपालको एक मात्र आधिकारीक बितरक शंकर इन्टरनेसनल प्रालिका अनुसार ६.६७ इन्चको डिसप्ले र हेलियो जी–८५ गेमिङ्ग प्रोसेसर जडित उक्त फोन दैनिक उपयोगको लागि मात्र नभएर गेमिङ्गको लागि पनि उत्कृष्ट भएको जनाएको छ ।

कम्पनीका अनुसार इन नोट–१ को दुईवटै फोनमा ४८ मेगा पिक्सेलको व्याक क्यामेरा रहेको छ । त्यस्तै, १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा, ४ जीबी र्याम, ६४ जीबीको रुपमा रहेको छ । त्यस्तै, उक्त फोनको बजार मूल्य १९ हजार ९ सय ९० रुपैयाँ रहेको जनाएको छ । त्यस्तै, ४ जीबी र्याम र १२८ जीबी रोम भएको इन नोट–१ को बजार मूल्य २१ हजार ४ सय ९० रुपैयाँ छ ।

कम्पनीका बिजनेस हेड प्रतिक सवार्थियाले माइक्रोेम्याक्स मोबाइल चाँडै नै नेपाली बजारमा उत्कृष्ट ब्राण्डमा दरिने आशा व्यक्त गरेका छन् ।

भारतमा राम्रो बजार हिस्सा ओगटेको माइक्रोम्याक्सले नेपालभर चाँडै आफ्ना आउटलेट तथा सर्भिस सेन्टरको विस्तार गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL