Logo

ओपो एफ १९ प्रो चैत ३ गते नेपालमा सार्वजनिक हुँदै, अनलाइन लञ्च इभेन्टमार्फत सार्वजनिक हुने

ओपो एफ १९ प्रो चैत ३ गते नेपालमा सार्वजनिक हुँदै, अनलाइन लञ्च इभेन्टमार्फत सार्वजनिक हुने



काठमाडौं । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १९ प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले चैत ३गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन लञ्च इभेन्ट मार्फत एफ १९प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।

लाइभलञ्च ईभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिकगीत लेखिका तथा रचनाकार तृष्णा गुरुङ्ग र पारम्परिक नेपाली लोक बाद्यबादन उपकरण इन्सेम्बल कुटुम्ब ब्याण्ड लगायतको उपस्थिति रहनेछ ।

लामो समयदेखि कम्पनीले एफ सिरिज मार्फत उपभोक्तालाई स्टेट–अफ–आर्ट प्रविधि उपलब्ध गराउँदै आइरहेको छ ।
शक्तिशाली र टिकाउ हुनुका साथै बहुआयामिक दृष्टिकोण सहित आफ्ना जीवनका स्मरणिय पलहरु कैद गर्न चाहनेका लागि मनोरञ्जक नयाँ भिडियो फिचर्सहरुका साथएफ १९ प्रोको डिजाइन विशेष गरी ‘ट्रेन्ड सिकर्स’ यूवालाई ध्यानमा राखी गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL