Logo

पशुपतिनाथमा मेडिसिटी अस्पतालकोे निःशुल्क स्वास्थ्य शिविर, ५ सय भक्तजन तथा सर्वसाधारणले लिए स्वास्थ्य सेवा

पशुपतिनाथमा मेडिसिटी अस्पतालकोे निःशुल्क स्वास्थ्य शिविर, ५ सय भक्तजन तथा सर्वसाधारणले लिए स्वास्थ्य सेवा



काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा नेपाल मेडिसिटी अस्पतालद्वारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बुधबार र बिहीबार गरी करिब ५ सय भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

प्रत्येक वर्षजस्तै यस वर्ष पनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिक स्थलमा स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । सिबिरमा एम्बुलेन्स सहितको चिकित्सक, पारामेडिक्स, तथा नर्स लगायतको चिकित्सकीय टोलीले बुधबार अपरान्हदेखि बिहीबार रातीसम्म सेवा सञ्चालन गरेको थियो ।

शिविरमा केही आकस्मिक अवस्थाका बिरामी तथा साधारण चेकजाँचका लागि थुप्रै व्यक्ति सहभागी भएको अस्पताले जनाएको छ । अधिकांश भक्तजनमा साधारण घाउ, चोटपटक र कमजोरी भएको पाइएको जनाएको छ । ब्लड प्रेसर तथा मधुमेह परीक्षण गर्नेहरुको संख्या बढी रहेको अस्पताले जनाएको छ ।

कोभिड–१९ संक्रमण नियन्त्रणमा आएसँगै शिविर तथा जनचेतनामूलक कार्यक्रममा थप सक्रियता बढाउँदै जाने अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL