Logo

टाटाले सार्वजनिक गर्यो एकैपटक ५ नयाँ कार, यस्तो छ मूल्य र विशेषता

टाटाले सार्वजनिक गर्यो एकैपटक ५ नयाँ कार, यस्तो छ मूल्य र विशेषता



काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एकै पटक ५ वटा नयाँ कार बजारमा सार्वजनिक गरेको छ । कम्पनीले टाटाको विशिष्ट उत्पादन टाटा नेक्सनसहित टाटा टिगोर, टियागो फेसलिफ्ट, अल्ट्रोज र टाटा एच५ एकैपटक नेपाली बजारमा सार्वजनिक गरेको हो ।

मंगलबार राजधानीमा एक विशेष समारोहको आयोजना गर्दै कम्पनीले यी कारहरु एकैपटक सार्वजनिक गरेको हो । टाटा इन्डियाको उत्पादन यी विशिष्ट कारहरु बीएस ६ मापदण्डको इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

त्यसो त हाल टाटाले नेपालमा बिक्री गर्ने सबै मोडललाई बीएस ६ इन्जिनमा उपलब्ध गराउने नीति लिएको छ । कम्पनीले विभिन्न ५ भेरियन्टमा उपलब्ध गराएको कारहरु मध्य सेडान सेग्मेन्टमा उपलब्ध गराइएको टाटा टिगोरेको सुरुवाती मूल्य ३२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यसको सबैभन्दा महँगो भेरियन्टको मूल्य ३९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरि टियागो ह्याचव्याक विभिन्न ६ भेरियन्टमा उपलब्ध रहेका टियागोको मूल्य २८ लाखदेखि ३७ लाख १५ हजार रुपैयाँसम्म कायम गरिएको कम्पनी जनाएको छ । यता, प्रिमियम ह्याचब्याक अल्ट्रोज भने एउटा मात्रै भेरियन्टमा उपलब्ध रहेको छ । एक्सएम भेरियन्टको मूल्य ३५ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

यद्यपि टाटाको सर्वाधिक सफल सब फोर मिटर एसयूभी नेक्सनलाई भने कम्पनीले विभिन्न ७ भेरियन्टमा उपलब्ध गराएको छ । सनरुफ सहित बजारमा आएको नेक्सनको सुरुवाती मूल्य ३९ लाख ९५ हजार रहेको छ भने टप भेरियन्टको मूल्य ५२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

यसमा पनि टाटाको सबैभन्दा महंगो मोडल मानिएको एच५ को बजार मूल्य भने कम्पनी टप भेरियन्टमा अधिकतम ८९ लाख ९० हजार रुपैयाँ तोकेको छ । यसका तीन भेरियन्टमा बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL