Logo

शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर धनगढीमा, एक हप्तासम्म निः शुल्क सर्भिसिङ

शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर धनगढीमा, एक हप्तासम्म निः शुल्क सर्भिसिङ



काठमाडौं । शाओमीले मंगलबार नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

धनगढीको लक्ष्मी कम्प्लेक्शमा शाओमीले आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी र काठमाडौंमा रहेका छन् ।

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको कम्पनीले जनाएको छ ।

उक्त सर्भिस सेन्टर उदघाटनका अवसरमा शाओमी नेपालले शाओमीका वारेन्टी कार्ड भए नभएका सम्पूर्णका उत्पादहरूमा एक हप्तासम्म निः शुल्क सर्भिसिङ प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL