Logo

आइ पे डिजिटल वालेटलाई राष्ट्र बैंकबाट अनुमति, पायो भुक्तानी सेवा प्रदायकको लाईसेन्स

आइ पे डिजिटल वालेटलाई राष्ट्र बैंकबाट अनुमति, पायो भुक्तानी सेवा प्रदायकको लाईसेन्स



काठमाडौं । आई पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाईसेन्स प्राप्त आई पे डिजिटल वालेटले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाईसेन्स प्राप्त गरेको छ ।

आइ पे लाई राष्ट्र बैंकले ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी सेवा प्रदायकको अनुमती पत्र प्रदान गरेको हो । 

यस अनुमती पत्रको प्राप्तीले आई पे ले सन् २०१० देखी नेपाल भर संचालन गर्दै आएको गुणस्तरिय र व्यवस्थित सेवालाई अनुमोदन गरेको र आफुहरुले नेपालको सन्दर्भमा नगदरहित डिजिटल भुक्तानी प्रवर्दन गर्न गराउन पुर्याएको योगदानको कदर गर्दै अझै राम्रो गर्दै जान प्रोत्साहित गरेको अनुभुती गरेका गरेको आईपे का अध्यक्ष अमृत मान तुलाधरले बताए । 

आई पे, एउटा अनलाईन भुक्तानी द्वार र डिजिटल वालेट हो जसले प्रयोगकर्ताहरुलाई ईन्टरनेटको माध्यमबाट विभिन्न वस्तु तथा सेवाहरु विभिन्न व्यवसायीहरु बाट अनलाइन खरिद गर्न र सो को भुक्तानी पनि आई पे डिजिटल वालेट मार्फत सजिलै अनलाइन नै गर्न सकिने गरी मध्यस्थता गर्दछ । आई पे ले आफ्नो डिजिटल वालेट र भुक्तानी सेवा सबै व्यक्तिगत एवम् व्यावसायिक प्रयोगकर्ताहरुलाई निस्शुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । 

आई पेका प्रमुख कार्यकारी अधिकृत अमिर महर्जनका अनुसार देशैभर आई पेका पाँच लाखभन्दा बढी सक्रीय प्रयोगकर्ताहरु रहेका छन भने एक हजार भन्दा बढी मेहनती एवम् कृयाशील एजेन्टहरु रहेका छन् । 

विगत एक दशक देखी मोबाइल रिचार्जरटपअप, बिजुली र पानीको बिल, इन्टरनेट तथा टेलिभिजनको बिल, फिल्म हलको टिकेटिङ, प्लेनको टिकेटिङ आदी लगायत इ–कमर्स मार्फत किनिएको सामान तथा सेवाहरुको अनलाइन भुक्तानी गर्ने सेवाहरु प्रदान गर्दै आएकोमा अबका दिनमा आफ्ना नेपाल भरिका प्रयोगकर्ताहरुको दैनिकी सहज बनाउन अझ नविनतम् डिजिटल वित्तिय सेवाहरु प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL