Logo

बजाजको नयाँ शोरुम अछाममा : सेल्स, सर्भिस र स्पेयर्सको सुविधा उपलब्ध

बजाजको नयाँ शोरुम अछाममा : सेल्स, सर्भिस र स्पेयर्सको सुविधा उपलब्ध



काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अछाममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “शुभेच्छा ट्रेडर्स एंड सप्लायर्स ” को उद्घाटन गरेको छ ।

बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले अछाममा पनि शोरुम संचालनमा ल्याएको जनाएको छ । कम्पनीले शुभेच्छा ट्रेडर्स एंड सप्लायर्स, अछामका प्रोपराइटर भरत खड्कालाई डिलरसीप प्रदान गरेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने, “हामी अछाममा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । अछाममा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।”
शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL