Logo

रिभल फल्स पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

रिभल फल्स पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल



काठमाडौं । रिभर फल्स पावरले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले धितोपत्रको आईपीओ निष्कासनको लागि प्रभु क्यापिटलानई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले मंगलबार प्रभु क्यापिटलाई बिक्री प्रबन्धक नियुक्ति गरेको हो । उक्त सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले सर्वसाधारणलाई ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो । रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०।३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL