Logo

६४ र १२८ जीबीको दुई भेरियन्टमा सामसुङको ग्यालेक्सी ए१२ नेपालमा, यस्तो छ मूल्य

६४ र १२८ जीबीको दुई भेरियन्टमा सामसुङको ग्यालेक्सी ए१२ नेपालमा, यस्तो छ मूल्य



काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसुङले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए१२ नेपाली बजारमा ल्याएको छ । ४८ मेगापिक्सेल क्वाड क्यामेरा, ६.५ इन्चको एचडी इन्फिनिटी डिस्प्ले, ५ हजार एम्पियर ब्याट्रीलगायतका विशेषता फोनमा रहेका छन् ।

‘हामी सामसङमा निरन्तर नयाँ आविष्कारहरू र मूल्य बीचको अन्तरलाई कम गर्न लागि रहेका छौं । यसै कुरालाई मध्यनजर गर्दै सुलभ मूल्यमा नेपाली ग्राहकहरुलाई स्मार्टफोन मार्फत दैनिक जीवनयापनलाई अझै सहज बनाउन लागि परेका छौं । हामीले नयाँ स्मार्टफोन प्रस्तुत गर्न पाउँदा अत्यन्त खुशी भएका छौं । सुलभ मूल्यमा ग्यालेक्सी ए सिरिजको लिगेसीलाई अगाडि बढाइएको छ’, सामसुङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले बताए ।

कालो, नीलो तथा रातो रंगहरुमा उपलब्ध फोनको मूल्य ४ जीबी र्याम र ६४ जीबीको मूल्य १८,९९९ तथा ४ जीबी र्याम र १२८ जिबीको मूल्य १९,९९९ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL