Logo

कुमारी जब र केसिएमआइटी कलेजबीच सम्झौता, विधार्थीलाई तालिम तथा रोजगारीको अवसर

कुमारी जब र केसिएमआइटी कलेजबीच सम्झौता, विधार्थीलाई तालिम तथा रोजगारीको अवसर



काठमाडौं । लामो समयदेखि मानव संसाधन व्यवस्थापन ‘रोजगारी, विकास र प्रर्वद्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसिएमआइटी’ बीच सम्झौता भएको छ ।

विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौता भएको हो । कुमारी जब प्रालिका प्रवन्ध निर्दैशकसन्देश भण्डारी र केसिएमआइटी कलेजका प्रिन्सिपल ललिता चन्दले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै कुमारी जब प्रा.लीका प्रवन्ध निर्दैशक सन्देश भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए । यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसिएमआइटी कलेजका प्रिनसिपल ललिता चन्दले बताइन् ।
यस सहकार्यबाट द्यबअजभयिच या द्यगकष्लभकक ब्मmष्लष्कतचबतष्यल (द्यद्यब्, द्यबअजभयिच या क्ष्लायचmबतष्यल ःबलबनझभलत –द्यक्ष्ः, अध्ययनरत विद्यार्थीहरुले उपयुक्त तालिमसहित आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्ने छन् भने रोजगारको अवसर समेत पाउने छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसिएमआइटी’ नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउन भन्ने उद्देश्यका साथ स्थापित नेपालको गुणस्तरी कलेज हो । यस कलेजले करिव दुई दशकदेखि विद्यार्थीहरुलाई कम लागतमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । द्यबअजभयिच या द्यगकष्लभकक ब्मmष्लष्कतचबतष्यल (द्यद्यब्, द्यबअजभयिच या क्ष्लायचmबतष्यल ःबलबनझभलत –द्यक्ष्ः, द्यबअजभयिच या ऋयmउगतभच ब्उउष्अिबतष्यलक –द्यऋब्, तीन वटा स्नातक तहको अध्यन अध्यापन गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्