Logo

एनआईबिएल एस क्यापिटल लिमिटेडको निशुल्क घरदैलो डिम्याट खाता अभियान ललितपुरको घुसेलमा

एनआईबिएल एस क्यापिटल लिमिटेडको निशुल्क घरदैलो डिम्याट खाता अभियान ललितपुरको घुसेलमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अभियान ‘एक नेपाली एक डिम्याट खाता’ अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले निशुल्क घरदैलो डिम्याट खाता अभियान ललितपुरको घुसेल बागमती गाउँपालिका वडा नं १ मा फाल्गुन २० गते सम्पन्न गरेको छ ।

एनआईबिएल एस क्यापिटलले प्रत्येक नेपालीको पूँजी बजारमा सहभागिता होस भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो । यस अभियानमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकोे लगनखेल शाखाको समेत संलग्नता रहेको थियो ।

एनआईबिएल एस क्यापिटल लिमिटेडले ग्राहकबर्गको सेवा सुविधालाई मध्यनजर गर्दै बिहानी काउन्टर विहान ८ बजे देखि ९ः३० बजे सम्म संचालन गर्दै आइरहेको छ भने गत पुस १ गते देखी सिमित अवधिको लागि निशुल्क डिम्याट तथा मेरो शेयर खोल्ने सुविधा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL