Logo

मेयर कप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने, एक्सन स्पोर्टस र एसडी च्यानलमा पनि हेर्न सकिने

मेयर कप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने, एक्सन स्पोर्टस र एसडी च्यानलमा पनि हेर्न सकिने



काठमाडौं । डिश होमले मेयर कप २०७७ क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान ) द्धारा आयोजीत मेयर कप पुरुष (एक दिवसिय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा फागुन २२ बाट सुरु हुने मेयर कप पुरुष २०७७ मा तीन विभागीय टोली, १ बागमती टोली र काठमाडौ महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

फाल्गुण २९ गते सम्म चल्ने प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागीय टोली र १ काठमाडौ महानगरपालिका गरि सहभागी ५ टाली रहेको छ । दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा को पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL