Logo

महासंघ र विभागबीच समझदारी, नेपालमा सञ्चालित उद्योगहरुको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन हुने

महासंघ र विभागबीच समझदारी, नेपालमा सञ्चालित उद्योगहरुको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागले ६ महिनाभित्र सम्पनन्न हुने गरि देशभर सञ्चालित उत्पादनमूलक उद्योगहरूको अध्यन गर्ने भएको छ। नेपालमा संचालित उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषण सहितको अध्ययन गर्ने उद्देश्यले आइतबार महासंघ र विभाग बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागले ६ महिनाभित्र साना, मझौला, मध्यम तथा ठूला लगानीका उद्योगहरूसँग सम्बन्धित तथ्यांक संकलन गर्ने सहमति गरेको हो।

आपसी सहमती अनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरहरूको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रवर्द्धन एवं उद्योगहरुको संचालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा संवोधन गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

यसका लागि विभागको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने र सोही समितिमार्फत छलफल गर्ने, संकलित तथ्यांकको भण्डारण, प्रशोधन, विश्लेषण र समन्वयका लागि केन्द्रीय तथ्यांक विभाग, सरकारी निकायका पदाधिकारीहरू र गैरसरकारी संस्थाका प्रतिनिधिलाई सहभागी गराउने सम्झौतापत्रमा उल्लेख छ  ।

प्रतिक्रिया दिनुहोस्
MBL