Logo

‘हुन्डाई आई २०’ ले जित्यो ‘कार अफ दि इयर’ अवार्ड, प्रतिस्पर्धामा किया सोनेट दोस्रो हुँदा महिन्द्रा थार तेस्रो

‘हुन्डाई आई २०’ ले जित्यो ‘कार अफ दि इयर’ अवार्ड, प्रतिस्पर्धामा किया सोनेट दोस्रो हुँदा महिन्द्रा थार तेस्रो



काठमाडौं । हुन्डाई आई २० भारतको ‘कार अफ दी इयर’ घोषित भएको छ । तेस्रो पुस्ताको आई २० लाई सन् २०२१ का लागि भारतको कार अफ दी इयर विजेता घोषणा गरिएको हो ।

आई २० ले निर्णायकमण्डलबाट १०४ अंक प्राप्त गरी शीर्ष विजेता बनेको हो । प्रतिस्पर्धामा किया सोनेट दोस्रो हुँदा महिन्द्रा थार तेस्रो भयो । सन् २०२० मा हुन्डाई भेन्युले यो अवार्ड जितेको थियो ।

यो वर्ष पहिलोपल्ट टाटा नेक्स ईभीलाई ग्रीन कार अवार्ड र ल्यान्डरोभर डिफेन्डरलाई वर्षको प्रिमियम कार अवार्ड प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL