Logo

उद्योगमन्त्री लेखराज भट्टद्वारा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यस, २० हजारलाई रोजगारी प्राप्त हुने

उद्योगमन्त्री लेखराज भट्टद्वारा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यस, २० हजारलाई रोजगारी प्राप्त हुने



काठमाडौं । हेटौँडा उपमहापालिका–१३ र १४ मा स्थापित भएको मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास भएको छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले उक्त औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् । नेपाल सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो ।

मयूरधापको करीब २ सय बिघा क्षेत्रफलको सरकारी जग्गामा सङ्घीय सरकारले मयूरधाप औद्योगिक क्षेत्रलाई छुट्याइएको थियो । मयूरधाप औद्योगिक क्षेत्रभित्र २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालयको स्थापना गरिएको थियो । औद्योगिक क्षेत्रको परिसरमा ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ । छुट्याइएको सो प्रत्येक प्लटमा क्रमशः ७ देखि १४ रोपनीसम्मको जग्गालाई विभाजन गरिएको छ ।

यसैगरी सो औद्योगिक क्षेत्रमा सङ्घीय सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २ सय ५० रोपनी जग्गा उपलब्ध गराइसकिएको छ । उल्लिखित विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अनुसारको पूर्वाधार निर्माणका लागि करीब ७ अर्ब २ करोड ३४ लाख रुपैयाँ रकम सरकारको लगानी हुने औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करीब २० हजारले रोजगारीको अवसर प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्