Logo

शिखर इन्स्योरेन्सको च्याटबटमार्फत सेवा लिने बढे, यसरी लिन सकिन्छ सेवा

शिखर इन्स्योरेन्सको च्याटबटमार्फत सेवा लिने बढे, यसरी लिन सकिन्छ सेवा



काठमाडौँ । शिखर इन्स्योरेन्सले गत मंसिर १७ गते देखि सुरु गरेको च्याटबट मार्फत कुनैपनि सेवा लिन चाहानेहरुको संख्या दैनिक बढ्न थालेको छ ।

सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबट प्रयोग गरेर आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन थालेको शिखर इन्स्योरेन्सले इन्स्योरेन्स गर्नका लागि अफिससम्म पुग्ने समय नभएका र प्रविधिको दायरालाई बीमा क्षेत्र मार्फत बढाउन सकिने सम्भावना र आवस्यकता महसुस गरि सुरु गरेको च्याटबट एउटा नयाँ माध्यम हो ।

घरमा होस वा अफिस आफूलाई पायक पर्ने र नेटवर्कको सुविधा भएको कुनैपनि ठाउँबाट च्याटबट मार्फत शिखर इन्स्योरेन्समा उपलब्ध पोलिसिहरुको सेवा लिन सकिने भएको छ । यसको लागि फेस वुक मेसेन्जरमा लग इन गर्नुपर्ने हुन्छ भने भाइवरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्छ । इन्टरनेटको पहुँच भएका ग्रहाकहरुका लागि यो सुविधा अत्यन्तै सहयोगि र प्रभावकारी छ । 

यसैगरी आफूले लिन चाहेको बीमा सेवाका बारेमा च्याटबट मार्फत जानकारी मात्र गराएमा शिखर इन्स्योरेन्सको सम्बन्धित निकायले तुरुन्तै ग्रहाकसँग कुरा गर्नेछन् । यस पश्चात ग्रहाकले आफ्ना कुरा सरल तथा सहजै राख्न सक्छन् ।

च्याटबटका कारण ग्राहकहरुको समयको बचत हुनुको साथै महामारीका बेला स्वास्थ्य सुरक्षामा आइपर्ने चुनौतिसँग पनि जुँध्न नपर्ने भएको छ । च्याबट मार्फत शिखर इन्स्योरेन्सको कुनैपनी सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ । 

कोभिडको कारणले सम्पूर्ण विश्व नै प्रभावित भइरहेको अवस्थामा च्याटबटको सेवा आपतकालिन र सहजताका लागि ग्रहाकहरुले घरमै बसी सुरक्षित तवरले बीमा सेवाहरु लिन सक्छन् । ग्राहकहरुले उत्तम  माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नविकरण, बीमा सम्पुष्टी, केवाईसी अपडेट जस्ता सेवाहरु लिन सक्ने छन् । 

साथै बीमाका ग्राहकहरुले च्याटबटमा आफ्ना सुझावहरु समेत दिन सक्नेछन् । यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्रहाकहरुले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने शिखर इन्स्योरेन्सले जनाएको छ । शिखरले ल्याएको उक्त च्याटबटले स–साना कुराका लागि कम्पनी धाउनै पर्ने बाध्यतालाई अन्त्य गर्ने सम्भावन बढ्ने देखिन्छ । 

हाल शिखर इन्स्योरेन्सले आफ्ना १०३ शाखाबाट २२ भन्दा बढी बीमाहरुको सेवा विस्तार गर्दे आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL