Logo

दराजको हाट बजारमा अफरै-अफर, सहभागीलाई विभिन्न उपहार

दराजको हाट बजारमा अफरै-अफर, सहभागीलाई विभिन्न उपहार



काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले फागुन ११ देखि दराज हाट बजार सुरु हुने घोषणा गरेको छ । यस अभियानका साथ दराजले ग्राहकहरुको लागि महा डील, शून्य व्याजमा सजिलो मासिक किस्ता (ईएमआई), खेल १ रूपैयाँको, निः शुल्क वितरण, निःशुल्क भाउचरहरु जस्ता आकर्षक प्रस्तावहरु लिएर आएको छ ।

दराज हाट बजारमा प्रदर्शित ‘खेल १ रुपैयाँको’ गेममा भाग लिने ग्राहकहरुले रु. १९,९९९ मूल्यको नयाँ ‘मोटोरोला जी प्ले’ जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन् ।

यस बाहेक ग्राहकहरुले रु. १५,९९० मूल्यको ‘अनर वाच म्यगिक’ घडी, साथै रु. २१,७२५ पर्ने आकर्षक ‘तीन सेटको कामिलिंत जक सफ्ट साइड स्पिनर सुटकेस’ पनि जित्न सक्नेछन् । योसहित रु. ७८४५ पर्ने ‘छ महिनाको डिशहोम इन्टरनेट प्याकेज’ पनि जित्न सकिन्छ साथै अन्य उत्पादनहरु पनि रहेका छन् ।

खेलमा भाग लिन ग्राहकहरूले बैङ्क कार्ड मार्फत माथि तोकिएको समानहरुलाई दराज एपमा दिइएको भाउचर कोड प्रयोग गरि १ रुपैयाँमा भुक्तानी गर्न सक्दछन् । यदि जितेनन् भने रकम फिर्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL