Logo

प्रभु क्यापिटलद्धारा राष्ट्रिय बहिरा महासंघका सदस्यलाई सेयर बजारसम्बन्धी तालिम, निशुल्क डिम्याटको पनि व्यवस्था

प्रभु क्यापिटलद्धारा राष्ट्रिय बहिरा महासंघका सदस्यलाई सेयर बजारसम्बन्धी तालिम, निशुल्क डिम्याटको पनि व्यवस्था



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालअन्तरगत रहेका करिब २५० जना सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर वासु थपलियाले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने र प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निःशुल्क डिम्याटको सुविधा प्रदान गरिने बताए ।

राष्ट्रिय बहिरा महासंघका उपाध्यक्ष सत्यदेवी वाग्लेले सेयर बजार सम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा सेयर बजारमा लगानी गरेर आर्थिक उपार्जन गर्दै बहिरा साथीहरु आर्थिक रुपमा सबल बन्न सक्ने बताइन् । उनले आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको सेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताइन् ।

यसका साथै ग्राहकहरुले दराज हाट बजारमा ५ लाख भन्दा बढी उत्पादनहरू उत्तम मूल्यमा पाउनेछन् जसमा हरेक प्रकारका लुगा कपडा, नयाँ ग्याजेट, किराना, इत्यादी सामानहरू पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL