Logo

‘५उत्कृष्ट स्मार्टफोन २०२०’को सूचीमा रियलमी, क्यानालिसको ‘टप फोर’ ग्लोबल स्मार्टफोनमा समेटियो

‘५उत्कृष्ट स्मार्टफोन २०२०’को सूचीमा रियलमी, क्यानालिसको ‘टप फोर’ ग्लोबल स्मार्टफोनमा समेटियो



काठमाडौं । टेक्नोलोजीको क्षेत्रमा स्थापनाको छोटो समयमा गुणस्तरीय उत्पादनका साथ बलियो उपस्थिति जनाउँदै गएको रियलमी ५ उत्कृष्ट स्मार्टफोनको सूचीमा परेको छ । स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ‘५उत्कृष्ट स्मार्टफोन २०२०’को सूचीमा रियलमी पनि परेको हो । चौथों त्रैमासिक क्यानालिस स्मार्टफोन शिपमेन्ट रिपोर्टका लागि कम्पनीले विश्वका १५ मुख्य ठूला स्मार्टफोन बजारको अध्ययन गरेको थियो ।

उक्त रिपोर्टले दक्षिण पश्चिम एसियाली मुलुकमा रहेका पाँच ठूला स्मार्टफोन बजारमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने चौँथो स्मार्टफोन रियलमी रहेको देखाएको छ । फिलिपिन्सको स्मार्टफोन बजारमा तेस्रो स्थानमा पर्न सफल रियलमीको माग आर्थिक रुपमा विकसित हुँदै गएका थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा वार्षिक रुपमा सतप्रतिशतले वृद्धि भएको देखिन्छ । समग्र मोबाइलफोनको १२ प्रतिशत बजार शेयरका साथ भारतमा रियलमी पाँचौ नम्बरमा पर्न सफल भएको छ । रियलमी ग्रिस,चेक रिपब्लिक र रसिया जस्ता युरोपियन मुलुकका बजारमा समेत पाँच नम्बरमा रहेको छ । रिपोर्ट अनुसार २०२० को चौंथो त्रैमासिकमा रसियामा त यस फोनको विक्री ३३८ प्रतिशतले बढेको देखिन्छ ।

‘चुनौतीदेखि उन्नतिसम्मको एजेण्डालाई मूर्त रुप दिएर निर्माण गरिएको यो फोन उत्कृष्ट पर्फमेन्स, स्टाइलिस डिजाइनका साथ सुहाउँदो मूल्यको संयोजन हो । यस कठिन समयमा पनि रियलमीका उत्पादन र मार्केटिङ रणनीति प्रभावकारी छन् । हामी सेवाग्राहीको रोजाइलाई प्राथमिकतामा राखि नवीनतम् डिजाइन, सफ्टवेयर र हार्डवेयर बीच सन्तुलित संयोजन तथा आकर्षक डिजाइन उपलब्ध गराउने प्रतिवद्धता गर्दछौँ,’ रियलमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ‘स्काई ली’ले बताए ।

क्यानलिसको रिपोर्टअनुसार भारत, इन्डोनोरिया, बंगलादेश, कम्बोडिया, थाइल्याण्ड, मलेसिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक रिपब्लिक, ग्रिसमा उत्कृष्ट पाँच मोबाइल फोनको सूचिमा रियलमी सूचिकृत भएको छ । यससँगैँ दक्षिणपूर्वी क्षेत्रमापनि रियलमीले व्यापक रुपमा आफ्नो बजार विस्तार गर्दै गइरहेको छ ।

कम्पनीको बारेमा

रियलमी छोटो सयममा नवीनतम् फिचर्सहरु सहित प्रविधिको क्षेत्रमा दू्रत रुपमा उदाएको स्मार्टफोन कम्पनी हो । जसका एआइओटी उत्पादनहरु विश्वभर लोकिप्रय छन् । ‘चुनौतीदेखि उन्नतिसम्म’ एजेण्डाका साथ लेटेस्ट टेक्नोलोजी र डिजाइनमा चासो राख्ने विशेष गरी युवापुस्तामा यसका उत्पादनहरु लोकप्रिय छन् ।

२०२० को चौथों त्रैमासिकमा सार्वजनिक ‘काउन्टरपोइन्ट’को रिपोर्टले विश्वका मुख्य स्मार्टफोन बजारमा रियलमी उच्च रहेको देखाएको थियो । उक्त रिपोर्टअनुसार विश्वमै उत्कृष्ट सात औँ नम्बरको बजार रियलमीको थियो । २०१९ मा स्थापना भएको यो कम्पनीले २०२० को चौथोें त्रैमासिक सम्ममा ८०८ प्रतिशले बजार वृद्धि गरि विश्वभर हालसम्म २ करोड ५० लाख बढी आफ्ना ग्राहक बनाउन सफल भएको छ । हाल रियलमीका चीन, दक्षिण एसिया, यूरोप, रसिया, अस्ट्रेलिया लगायतका देशमा ६१ ठूला बजार र विश्वभर ५ करोड बढी प्रयोगकर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL