Logo

एलजीको विभिन्न मोडेल र क्षमताको वासर ड्रायर वासिड्ड मेसिन नेपाली बजारमा, यस्ता छन् विशेषता

एलजीको विभिन्न मोडेल र क्षमताको वासर ड्रायर वासिड्ड मेसिन नेपाली बजारमा, यस्ता छन् विशेषता



काठमाडौं । एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्सले विभिन्न मोडेल र क्षमताको एलजी वासर ड्रायर वासिड्ड मेसिन नेपाली बजारमा भित्र्याएको छ ।

एलजीका विभिन्न मोडेलका वासिड्ड मेसिन रहेको छ। जसमध्ये केही मोडेलहरुमा ८ देखि १८ के. जी. सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० के. जी. सम्मको लुगा शत प्रतिशत केही समयमै सुकाउने सुविधा रहेको छ।

यस वासिड्ड मेसिनको प्रयोगले भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या दुर्गन्ध आउने, एलर्जी हुने, कपडा खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने कम्पनीको दावी छ।

साथै एलजी वासर ड्रायरको प्रयोगले सफा र चिटिक्क परेका लुगाहरु सिधै मेसिनबाट निकालेर लगाउन सकिन्छ।

विशेषताहरु
–एआईडीडीलले कपडाको किसिम, तौल साथ–साथै कोमलता पता लगाई कपडाको लागि आफै उच्चतम धुने तरिका निर्वाह गर्दछ, जसले गर्दा कपडाको धुलाई राम्रो हुनुको साथै कपडालाई लामो समय सम्म बचाउँछ।
–इकोहाइब्रिड टेक्नोलोजी एक प्रकारको एडभान्स एअर ड्राइङ टेक्नोलोजी हो । यसले गर्दा सुकाउने क्षमता राम्रो हुनुको साथै बिजुली, पानी र समयको बचत गर्दछ। यसले कम तापक्रममा कपडा सुकाउने हुनाले नाजुक कपडालाई पनि उतिकै हेरचाह गर्दछ।

–स्टिम प्लस टेक्नोलोजीको बाफले कपडाको किसिमलाई मुलायम बनाउनुको साथ–साथै ९९.९ ५ सम्म किटाणु रहित बनाउँछ।
–टर्वो वास ३६० डिग्री टेक्नोलोजीले कपडालाई ३९ मिनेटमा धुन्छ जसले पानी, बिजुली र समयको बचत गर्दछ।
–थिङ्क आईओटी एपको मध्यमबाट यस मेसिनलाई वाईफाईको मद्दतबाट जताबाट पनि चलाउन सकिन्छ।
–यस मेसिनमा १० वर्षको वारेन्टी छ, जसले तपाई वर्षौसम्म ढुक्क रहन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL