Logo

महालक्ष्मी लाईफको तेस्रो वार्षिक साधारण सभा : सञ्चालक चयन, ६० करोडको आइपीओ निष्कासन गर्ने निर्णय

महालक्ष्मी लाईफको तेस्रो वार्षिक साधारण सभा : सञ्चालक चयन, ६० करोडको आइपीओ निष्कासन गर्ने निर्णय



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाडौंमा सोमबार सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए । अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।

सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आव २०७५र७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गगरेको छ । सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएको घोषणा गरिएको थियो । त्यस्तै सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकम बराबरको साधारण शेयर (आइपीओ) निश्काशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL