Logo

‘राष्ट्रिय व्यवसायिक पहल’को चौधौ वार्षिक साधारण सभा सम्पन्न, कोभिड प्रभावित उद्योगको पुर्नस्थापनमा जोड

‘राष्ट्रिय व्यवसायिक पहल’को चौधौ वार्षिक साधारण सभा सम्पन्न, कोभिड प्रभावित उद्योगको पुर्नस्थापनमा जोड



काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआइ) को चौधौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राजधानीमा एक समारोहका वीच
राष्ट्रिय व्यवसायिक पहलको चाँैधौ वार्षिक साधारण सभाको उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री भट्टले सरकार र निजी क्षेत्र अलग हो भन्ने प्रवृत्ति वदल्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रसंगकोसहकार्यलाई थप गति र नयाँ उचाई दिन सरकार तत्पर रहेको बतए ।

साथै उनले कृषिमा पूँजीको बन्देज र विभिन्न शर्तहरु राखेर वैदेशिक लगानी खुला गरिएको स्पष्ट पार्दै कोभिड–१९बाट परेको प्रतिकूल असरलाई कम गर्न सरकार क्रियाशिल रहेकोले व्यवसायीहरुको सुझावलाई कार्यान्वयन गर्न सरकार सदैव तत्पर रहेको बताए ।

सोही अवसरमा मन्त्री भट्टले राष्ट्रिय व्यवसायिक पहलद्वारा प्रकाशित कोभिड १९ को प्रभावमा परेका साना, मझौला तथा लघु उद्यमको पुनस्र्थापना गर्न आवश्यक नीतिगत परिमार्जन सम्बन्धि निजी क्षेत्रले अघि सारेका सल्लाह सुझावसहितको प्रतिवेदन विमोचन गरे ।

उद्घाटन समारोहको प्रारंभमा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष कुश कुमार जोशीले कोभिड–१९को संक्रमणपश्चात व्यवसायमा परेको नकारात्मक असर बारे विस्तृत अध्ययन गरी त्यसलाई कसरीसमाधान गर्न सकिन्छ भन्ने बारे राष्ट्रिय व्यवसायिक पहलले अध्ययन प्रतिवेदन तयार गरेको बताए ।

प्रतिवेदनमा आँैल्याइएका विषयहरुको कार्यान्वयनमा सरकारले ध्यान दिने विश्वास व्यक्त
गर्दै अध्यक्ष जोशीले पछिल्लो समयमा राजनीतिमा उत्पन्न ध्रुवीकरणले बन्द जस्ता कार्यक्रमहरु पुनः दोहोरिएकोले व्यवसायको सञ्चालनमा वाधा पुगेकोतर्फ ध्यानकर्षण गराए ।

उक्त प्रतिवेदन मन्त्रीसमक्ष प्रस्तुत गर्दै उत्पादन, सेवा क्षेत्र लगायतका व्यवसायलाई तत्काल गति दिनु अति जरुरी भएकोले उद्योग व्यवसायमा कार्यरत कामदार, कर्मचारी आदिलाई विशेष प्राथमिकतामा राखी कोभिडको खोप लगाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराए । साथै सामाजिक उत्तरदायित्वको मनन गर्दै जेष्ठ नागरिकहरुलाई पनि उच्च प्राथमिकतामा राखिनु पर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले कोभिडको भार निजी क्षेत्रले बोक्नु परेको बताउँदै दोहोरो कानूनले व्यवसायमा झन्झट थपिएको उल्लेख गरे । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवालले साना व्यवसायले पुनकर्जा पाउन कठिन भएकोले सरलीकरण हुनपर्नेमा जोड दिँदै त्यसबाट व्यवसायलाई पुनः क्रियाशिल पार्न सहयोग पुग्ने धारणा राखे । नेपाल साना तथा घरेलु उद्योग महासंघका कार्यबाहाक अध्यक्ष उमेश प्रसाद सिंहले कोभिडबाट सबैभन्दा बढी असर साना तथा घरेलु व्यवसायमा परेकोले त्यस तर्फ सबैको ध्यानकेन्द्रित हुनुपर्ने बताए ।

सो अवसरमा विज्ञ आकाश श्रेष्ठले लघु, साना तथा मझौला व्यवसायको पुर्नरोत्थान बारेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समयमा व्यवसाय सञ्चालन सुधारोन्मुख अवस्थामा देखिएको उल्लेख
गरे । यस अघि सञ्चालित बन्द सत्रमा महासचिव सुरेन्द्र वीर मालाकारले आ.ब. २०७६÷७७ को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दीपक मल्होत्राले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष सकुन्तलाल हिराचनले धन्यवाद ज्ञापन गर्दै मुलुकको सम्वद्धिको मूल आधार नै उद्योग, व्यवसाय भएकोले यस क्षेत्रलाई प्रतिकूलताबाट बचाउनु अनिवार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL