Logo

केएल टावरमा भ्यालेन्टाइन लक्षित मेला सुरु, फागुन ८ सम्म चल्ने, ५० प्रतिशतसम्म छुट

केएल टावरमा भ्यालेन्टाइन लक्षित मेला सुरु, फागुन ८ सम्म चल्ने, ५० प्रतिशतसम्म छुट



काठमाडौं। चाबहिलस्थित सपिङ मल केएल टावरमा भ्यालेन्टाइन डे लक्षित सामानहरुको खरिदमा ५० प्रतिशत छुटको अफरसहित शुक्रबारदेखि नौ दिने मेला सुरु भएको छ।

फागुन ८ गतेसम्म चल्ने मेलामा ४० वटाभन्दा बढी आउटलेटहरु छन्। यहाँ बालबालिकादेखि वयस्कसम्म सबै उमेरका लागि लुगा,कपडाहरु बिक्रीमा राखिएका छन्। सामानहरुका कम्पनी र ब्रान्डअनुसार ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

मेलामा इलेक्ट्रोनिक्स सामानहरुका पनि स्टल छन्। मोबाइल, घडी र ब्यागहरुमा पनि छुटको अफर छ। मेलामा पुग्नेका लागि बिभिन्न इभेन्टहरु पनि राखिएको छ। यसमा ग्राहकले ५ हजारभन्दा बढी मूल्यका सामान खरिद गर्दा दुई वटा फिल्म टिकट पाउने व्यवस्था छ। भ्यालेन्टाइन डेलाई लक्षित इभेन्टमा कस्टमरका लागि गुलाफका फूल, बेलुन र क्यान्डीहरु फ्रीमा बाँडिएको छ।

बच्चाहरुका लागि फेस पेन्टिङ पनि राखिएको छ। मलमा १२ बजेपछि ग्राहक अन्तरक्रिया कार्यक्रमहरु पनि छ। यस इभेन्टसका लागि भ्याली एक्सप्रेसले ५० प्रतिशत छुटका कुपनहरु राखेको छ।

कोभिडका कारण लामो समयसम्म मलहरुमा कुनै पनि इभेन्टहरु सञ्चालन भएका थिएनन्। जसले गर्दा भ्यालेन्टाइनको अवसर पारेर मलमा विशेष छुटसहितको इभेन्ट गरेको केएल टावर मलका मार्केटिङ म्यानेजर हिरामणि तिमिल्सिनाले बताए। मललाई सिंगारिएको छ।

स्टलहरूमा बेलुन राखिएका छन्। ग्राहकका लागि मलमा आउँदा रमाइलो वातावरण बनाउन आकर्षक सजावट गरिएको छ। कोभिडले प्रभाव पारेको व्यवसायलाई न्यु नर्मलतर्फ फर्काउन भ्यालेन्टाइन डेको अवसर पारेर कार्यक्रमहरू आयोजना गरिएको तिमिल्सिनाले बताए।

प्रतिक्रिया दिनुहोस्
MBL