Logo

एलबीईएफले एक्यान सदस्यलाई एमबीएमा २५ प्रतिशत छात्रवृत्ति दिने

एलबीईएफले एक्यान सदस्यलाई एमबीएमा २५ प्रतिशत छात्रवृत्ति दिने



काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) र दि एसोसिएशन अफ चार्टेड एकाउण्टेन्टस् अफ नेपाल (एक्यान) बीच शैक्षिक सहकार्य सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार, लर्ड बुद्ध एजुकेसन फाउण्डेसन अन्र्तगतको कलेज फर प्रोफेशनल स्टडीजमा सञ्चालित ‘एमबीए’ कार्यक्रममा अध्ययन गर्ने एक्यानका सदस्यलाई ट्यूशन फीमा २५ प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ । छात्रवृत्ती दि एसोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस् अफ नेपाल (एक्यान)को सिफारिसको आधारमा उपलब्ध गराइने छ ।

सम्झौता पत्रमा फाउण्डेसनका तर्फबाट अध्यक्ष पंकज जालान र एक्यानका तर्फबाट अध्यक्ष आनन्द शर्माले हस्ताक्षर गरेका छन् ।

यो एमबीए कार्यक्रम वर्किङ्ग प्रोफेशनलका लागि विक एण्ड मोडमा सञ्चालित रहेको कलेजले जनाएको छ । विक एण्ड मोडमा विद्यार्थीले शुक्रबार र शनिबार मात्रै कलेज आउनु पर्ने हुन्छ ।

शुक्रबार बेलुका ४ः३० बजेदेखि ८ः३० बजे सम्म र शनिवार विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म कक्षा सञ्चालन गर्ने कलेजले जनाएको छ । शनिवार कलेजले दिउँसो भोजन पनि उपलब्ध गराउने जनाएको छ । लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीलाई ११ वटा अनलाईन लाईब्रेरीको पहुँच उपलब्ध हुनेछ ।

काठमाडौंको मैतीदेवीमा अवस्थित नेपालकै प्रथम आइटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन मलेसियाको एसिया प्यासिफिक यूनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था हो । यस संस्थावाट हालसम्म करिव ८ हजारभन्दा बढी व्यक्तिले सूचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेको कलेजले जनाएको छ ।

शिक्षा मन्त्रालयले यस संस्थालाई यी कार्यक्रम सञ्चालन गर्ने अनुमति प्रदान गरेकोे छ । त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL