Logo

शिखर इन्स्योरेन्सको ‘अटो प्लस बीमा योजना’ मा आकर्षण, सेवाग्राहीमाझ बन्यो लोकप्रिय

शिखर इन्स्योरेन्सको ‘अटो प्लस बीमा योजना’ मा आकर्षण, सेवाग्राहीमाझ बन्यो लोकप्रिय



काठमाडौं । शिखर इन्स्योरेन्सले मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ । विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी होस् भन्ने हेतुले शिखरले सार्वजनिक गरेकोे अटो प्लस नामको बीमा योजना ल्याएको थियो ।

सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको अटो प्लस बीमा योजनाअन्तर्गत ह्रास कट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक सवारी भाडा/यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइने भएकोले यसमा सेवाग्राहीको आकर्षण देखिएको जाएको छ ।

कम्पनीका अनुसार यो बीमालेख कार, जिप, मोटरसाइकल र स्कुटर जस्ता चार पाङ्ग्रे र दुई पाङ्ग्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन् । अटो प्लस बीमालेखको बीमा अवधि व्यापक सवारी साधन बीमाको अवधिको समान छ । नेपालमा दर्ता भएको मितिबाट १० वर्ष भन्दा कम उमेरका सवारी साधनका लागि मात्र अटो प्लस बीमा पोलिसी खरीद गर्न सकिन्छ । योजना अन्तर्गत सवारी साधन क्षति भई पार्टपुर्जाहरु फेर्नु पर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्याङ्कन अनुसार भएको ह्रासकट्टीको रकम मात्र कम्पनीले भुक्तानी दिन्छ ।

यस्तै, अटो प्लस बीमा गर्दा सवारी साधन पुनर्स्थापना अन्तर्गत सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपल्ब्ध गराउँछ ।

यसैगरी, यो पोलिसीमा बीमितले तेस्रो सुविधाका रुपमा दैनिक सवारी भाडा/यातायात खर्च समेत पाउनेछन् । जसमा आफ्नो सवारी साधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिन सम्मको यातायात भाडा खर्च कम्पनीले उपलब्ध गराउँछ । यद्यपि, यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपाङ्ग्रे सवारीका लागि फरक हुन्छ । भाडादर पनि सवारी साधनको मूल्यअनुसार फरक हुन्छ ।

‘अटो प्लस’ बीमालेखमा बीमितले प्रत्येक लाभका लागि ० दशमलव १० प्रतिशतदेखि ० दशमलव ५१ प्रतिशतसम्मको बीमाशुल्क भुक्तानी गर्नुपर्छ । अटो प्लससँगै शिखर इन्स्योरेन्सका २२ भन्दा बढी बीमा योजनाहरु संचालनमा रहेका छन् । बिगत १७ वर्षदेखि निर्जीवन बीमाको क्षेत्रमा शिखर इन्स्योरेन्सले सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL