Logo

प्रभुु क्यापिटलको सामाजिक उत्तरदायित्व, विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ती प्रदान

प्रभुु क्यापिटलको सामाजिक उत्तरदायित्व, विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ती प्रदान



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बञ्चित रहेका विद्यार्थीहरुलाई पूर्ण छात्रावृत्ती प्रदान गर्ने गरी गैर नाफामूलक संंस्था होस्टे हैंसेसँग सम्झौता गरेको छ ।

‘आँखाले ज्योती, शिक्षाले उज्यालो’ भनेझै बालबालिकाहरुको उज्वल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा शिक्षाको पहुँचबाट कोही पनि बञ्चित नरहुन भन्ने उद्देश्यका साथ प्रभु क्यापिटलले सामाजिक उत्तरदायित्व वहन गर्दै छात्रावृत्ति प्रदान गरेको जनाएको छ ।

साथै प्रभु क्यापिटल लिमिटेडले सामाजिक दायित्व अन्तरगतका कार्यहरु गर्दै अगाडि बढिरहेको र भविष्यमा समेत यस्ता सामाजिक दायित्वअन्तरगतका कार्यहरु निर्वाह गरिरहने प्रतिवद्वता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL