Logo

क्यासिनोलाई उद्योगको मान्यता, विदेशी लगानीका उद्योगले पनि अन्य कम्पनीको सेयर किन्न पाउने

क्यासिनोलाई उद्योगको मान्यता, विदेशी लगानीका उद्योगले पनि अन्य कम्पनीको सेयर किन्न पाउने


रामराजा श्रेष्ठ
0
Shares

maheshबिजखबर संवाददाता
७ मंसिर, काठमाडौं । सरकारले क्यासिनोलाई पर्यटन उद्योग अन्तरगत राख्ने भएको छ । उद्योग मन्त्री महेश बस्नेतको नेतृत्वमा वसेको औद्योगिक प्रवद्र्धन बोर्डको बैंठकले उक्त निर्णय गरेको हो । यस अघि सस्कृति पर्यटन तथा नागकिर उड्ययन मन्त्रालयको पत्रवाट व्यवसायिक रुपमा संचालन हुँदै यस व्यवसायलाई हाल पर्यटन उद्योगको रुपमा स्थापित गरिएको उद्योगमन्त्री महेश बस्नेतले बताए । बोर्डले गरेको उक्त निर्णयलाई केही समयभित्रै राजपत्रमा प्रकाशित गर्न मन्त्रिपरिषद्मा पठाइने समते उनले बताए ।
यस्तै, विदेशी लगानीमा खुलेका नेपाली कम्पनीले अर्को नेपाली कम्पनी सेयर खरिद गर्न पाउने बाटो पनि खुला गरिदिएको छ । यदि विदेशी लगानीमा खुलेका कुनै कम्पनीले अर्को कम्पनीमा लगानी गर्न चाहेमा उद्योग विभागको स्विकृति लिई सेयर खरिदविक्री गर्न पाउने छन् । यसरी विदेशी लगानीमा स्थापित कम्पनीले अन्य उद्योगमा पनि लगानी गर्न पाएपछि विदेशी लगानी भित्रनुका साथै नेपालमा लगानी गरेर कमाएको नाफा विदेशा लैजाने प्रबृति समेत घट्ने मन्त्री बस्नेको दावी छ ।

सरकाले जुटमिललाई विद्युत महसुलमा दिँदै आएकोे ७० प्रतिशत छुटलाई पनि निरन्तरता दिएको छ । विशेषगरी बोर्डले जुट, स्टिल र धागोजस्ता उद्योगमा दिंदै आएको छुटलाई निरन्तरता दिनका लागि अर्थ मन्त्रालयलाई  सिफारिस गर्ने निर्णय गरेको छ ।

देशमा परापूर्वकालदेखि संचालन हुँदै आइरहेको टेलरिङ व्यवसायलाई पनि उद्योगको रुपमा वर्गिकरण गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने भएको छ । औद्योगिक व्यवसाय ऐन २०४९ को दफा ३ अनुसार ७ प्रकारमा उद्योगमा वर्गिकरण गरेपनि कुनै वर्गमा नपरेकाले अर्डर अनुसारको ज्याला कपडा सिलाउने भएकोले सेवामूलक उद्योगमा वर्गिकरण गर्न लागिएको हो । यसरी उद्योगको मान्यता दिँदा वढीमा १० वटा सम्म सिलाई मेशिन राख्न पाउने छन् । तर, त्यस्ता उद्योगका लागि विदेशी लगानी भने भित्र्याउने पाइने मन्त्री बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL