Logo

हुण्डाई एक्सचेन्ज सोमबारबाट शुरू, नगद छुटका साथ विभिन्न आकर्षक उपहार

हुण्डाई एक्सचेन्ज सोमबारबाट शुरू, नगद छुटका साथ विभिन्न आकर्षक उपहार



काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज सोमबारदेखि हुण्डाई एक्सचेन्ज कार्यक्रम देशभर शुरु गरेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि फाल्गुन २ गते आइतबार ५ बजेसम्म हुण्डाई एक्सचेन्ज काार्यक्रम ल्याएको छ । यस योजनामा एक्सचेन्ज गर्नुका साथै उच्चत्तम मूल्याङ्कन, आकर्षक नगद छुट, १५ हजार बराबरको लोयल्टी बोनस, १ लाख ४० हजारसम्मको एक्सचेन्ज बोनसका साथै ६ वर्षको फ्रि सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सेल्स एण्ड मर्केटिङका महाप्रवन्धक रुपेश शर्मा भट्टका अनुसार ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ । ‘यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । हुण्डाई एक्सचेन्ज नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध छ,’ उनले भने ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टलले बर्षभरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र एक्सचेञ्ज क्याम्पमा निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL