Logo

एनआरएनए इन्फ्रास्ट्रक्चरको आठौं साधारणसभा सम्पन्न, सञ्चालकमा चुनिए अम्बिकाप्रसाद पौडेल

एनआरएनए इन्फ्रास्ट्रक्चरको आठौं साधारणसभा सम्पन्न, सञ्चालकमा चुनिए अम्बिकाप्रसाद पौडेल



काठमाडौं । गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा संचालित एनआरएनए इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आठौं साधारणसभा सम्पन्न भएको छ । आइतवार सम्पन्न आठौं साधारणसभाबाट अम्बिकाप्रसाद पौडेल संचालकमा चयन भएका छन् ।

९ जना रहेको संचालक समितिमा एनआरएनए पूर्वअध्यक्ष शेष घले, जीवा लामिछाने, संघका कोषाध्यक्ष महेश श्रेष्ठ, पूर्वकोषाध्यक्ष हिक्मत थापा, कृष्ण पाण्डे, भरतकुमार थापा, श्रीमती संगिता केसी, अम्बिकाप्रसाद पौडेल र कुल आचार्य छन् ।

कम्पनीले उर्जा क्षेत्रमा लगानी गरेको छ । उसले दर्दी खोला, मध्यतमोर, तल्लो लिखु, माथिल्लो माइलुङ खोला लगायतको क्षेत्रको उर्जामा लगानी गरेको छ । कम्पनीमा ८ सय भन्दा बढी गैरआवासीय नेपालीले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL