Logo

सिटिजन लाइफको जीवन बीमा कोषमा १३० प्रतिशतको वृद्धि, व्यवसायमा निरन्तर प्रगति

सिटिजन लाइफको जीवन बीमा कोषमा १३० प्रतिशतको वृद्धि, व्यवसायमा निरन्तर प्रगति



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/०७८ को दोश्रो त्रैमासिक (पुस मसान्त)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सोमा १३०% ले वृद्धि गरेको छ ।

गत आ.व.को पुस मसान्तमा कम्पनीको जीवन बीमा कोष रु.१ अर्व ४ करोड ४० लाख रहेकोमा यस पुस मसान्तमा सो रकम २ अर्व ३९ करोड ८१ लाख पुगेको छ । यसका साथै कम्पनीले गत आ.व.को पुस मसान्तसम्ममा कुल बीमाशुल्क रु.८० करोड ८८ लाख संकलन गरेकोमा यस आ.व.को सोही अवधिमा रु.१ अर्व ४० करोड २१ लाख संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमाशुल्क आर्जन ७३% प्रतिशतले बढेको देखिन्छ ।

समीक्षा अवधिमा जीवन बीमाकोषमा १३०% को वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४२ करोड १ लाखबाट ७३% ले बढाएर ७२ करोड ८० लाखको उचाई चुमाएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५४ प्रतिशतको वृद्धि गरी रु.१५ करोड ४ लाख पु¥याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु.४ अर्व ९६ करोड मध्ये करिब ८३% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

विषम परिस्थितिलाई अवसरको रुपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसँग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्