Logo

वर्ल्डलिंकको ‘तहल्का अफर’, ७९९ रुपैयाँमा नै इन्टरनेट र नेटटिभी

वर्ल्डलिंकको ‘तहल्का अफर’, ७९९ रुपैयाँमा नै इन्टरनेट र नेटटिभी



काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना ुतहल्काु ल्याएको छ ।

काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेसन्स  लिमिटेडले  इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना  ‘तहल्का’ ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले नेटभिटिले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू  र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक रु. ७९९ मै पाउने छन् । 

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल बताउँछन इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी ‘तहल्का’ योजना ल्याएका छौ । उनी भन्छन्  ‘तहल्का’ अफर सस्तो भएको हुनाले आधारभूत टिभी प्रयोगकर्ताहरू,  सोशल मिडिया लगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरुका लागि धेरै नै उपयुक्त रहेको वोर्ल्डलिंकले जनाएको छ ।

सरकारको डिजिटल नेपाल कार्यक्रमलाई समेत सघाउने गरि आईपीटीभी र इन्टरनेट सेवा दुबैका लागि मासिक ७९९ रूपैयाँ मात्र शुल्क राखेको जानकारी वर्ल्डलिंकले दिएको छ ।

वर्ल्डलिंकले यस अफरसँगै नेटभीटी (आईपीटीवी) सेवासँगै कम्बो प्याकमा  ६० एमविपिएस सम्मको उच्च गतिको इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ ।  ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न इन्टरनेट र टिभी प्यकेजहरू छनौट गर्न सक्ने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL