Logo

एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ कार नेपाल भित्रिँदै, अहिले बुकिङ गर्नेलाई मार्च दोस्रो सातासम्ममा डेलिभरी दिने

एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ कार नेपाल भित्रिँदै, अहिले बुकिङ गर्नेलाई मार्च दोस्रो सातासम्ममा डेलिभरी दिने



काठमाडौं । एमजी कम्पनीका लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी पारामाउन्ट मोटर्स प्रालि एमजीएचएस ब्राण्डको प्रिमियम एसयूभी कारको अग्रिम बुकिङ खुला गरेको छ । ‘अल न्यू स्टाइलिस एसयूभी’ कारको रुपमा कम्पनीले नेपाली बजारमा भित्र्याउन लागेको एमजी एचएसमा  सुरक्षाका आवश्यक सबै मापदण्ड पूरा रहेको र एचएसमा अगाडि ड्यूल र साइड कटन एयर व्याग दिइएको पारामाउन्ट मोटर्सले जनाएको छ ।

बिक्रेता कम्पीका अनुसार कारलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफू अनुकुल बनाउन सकिने ड्राइभिङ सिट रहेका छन् ।

त्यस्तै, यात्रुमैत्री बनाउन ४ तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यू मिरर जस्ता विशेषता यो कारमा उपलब्ध छन् ।

कम्पनीका अनुसार १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा रहेको छ । यसले एप्पल कार प्ले र एन्ड्रोइड सिष्टम अटो सपोर्ट हुन्छ । १८ इन्चको अलोय ह्वील र पूर्ण रुपमा लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुबैलाई प्रिमियम बनाएको कम्पनीले जानाएको छ ।

एमजीएचएसमा १.५ लिटर टर्बो इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १५२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएमपिक टर्क प्रदान गर्ने जनाएको छ । यसमा ७ स्पीड डिसिटी गियरबक्स उपलब्ध छन् ।
यसलाई नेपाल ल्याएको अवसर पारेर केही समय कम्पनीले ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री सुरु गर्न लागेको हो ।

कालो, सेतो र रातो रंगमा यो कार उपलब्ध छ । अहिले बुकिङ गर्ने ग्राहकलाई आगामी मार्च दोस्रो सातासम्ममा डेलिभरी दिइने कम्पनीले जनाएको छ । पुरानो गाडीलाई एक्सचेन्ज गर्न चाहनेहले समेत यो कार बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL