Logo

आइएमई मोटर्सद्वारा नेपालमा छोटो समयमै लोकप्रिय भाइकिङ्ग-२२२ मोडलका बसहरु हस्तान्तरण

आइएमई मोटर्सद्वारा नेपालमा छोटो समयमै लोकप्रिय भाइकिङ्ग-२२२ मोडलका बसहरु हस्तान्तरण



काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी भाइकिङ्ग-२२२ मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडीका मोडलहरु २०२१ का रहेका छन् । साथै यो अवसरमा भाइकिङ्ग २२२ का गाडीहरु १०० वटा भन्दा पनि बढि बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आज डेलिभरी गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलो पटक नेपालमा गुड्ने छन् । गाडी लिने मध्ये एक ग्राहकले आफूसँग १० ओटा भाइकिङ्ग बसहरु भएको बताएका छन् । जुन अहिले पनि पुर्व पश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन्, ग्राहकहरुको माग अनुसार आरामदायी यात्रा साथै राम्रो कमाई हुने भएकाले भाइकिङ्ग २२२ लाई नै रोजेको ग्राहकको भनाइ छ ।

भाइकिङ्ग २२२ रुट बसमा चल्ने बस मध्ये सबैभन्दा रुचाएको बस हो । यसमा इनलाइन फ्यूल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ जसले गर्दा इन्धन कम खपत हुन्छ, साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ ।

भाइकिङ्ग २२२ मा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभ, इनलाईन फ्यूल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडी भन्दा फरक र बिश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताए ।

नेपालमा हरेक लामो दुरी रुटमा भाइकिङ्ग गाडिहरु चल्दै आएका छन् । अत्यधिक माग अनुसार कम्पनीले ग्राहकहरुलाई बिशेष सर्भिस पनि दिँदै आएको छ । आफ्ना १३ ओटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुदा कुनै पनि ठाउँमा गाडि बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL