Logo

नेपालमा भिबोको नयाँ मोडल ‘वाई१२ एस’ को प्रि बुकिङ खुला, आकर्षक छुट र उपहारको अवसर

नेपालमा भिबोको नयाँ मोडल ‘वाई१२ एस’ को प्रि बुकिङ खुला, आकर्षक छुट र उपहारको अवसर



काठमाडौं ।  चिनियाँ ब्राण्ड भिबो मोबाइलले नेपालमा आफ्नो नयाँ मोडल वाई १२ एस मोबाइल फोनको प्रि बुकिङ खुला गरेको छ । कोभिड १९ को असरलाई मध्यनजर गर्दै कम्पनीले कम बजेटमा अहिलेसम्मकै नयाँ फिचर राखेर नेपाली बजारमा उक्त मोबाइल फोनको प्रि बुकिङ खुला गरेको हो ।

कम्पनीले वाई१२ एस मोबाइल फोनको मुल्य १७ हजार ९९९ कायम गरेको छ । तर फेब्रुअरी १ देखि १३ सम्म एक हजार रुपैयाँ तिरेर प्रि बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोन १६ हजार ९९९ मा पाउनेछन् ।  ग्राहकले एक हजार तिरेर प्रि बुकिङ गर्दा तुरुन्तै दुइ हजारको कुपन पाउनेछन् अर्थात फेब्रुअरी १ देखि १३ सम्म प्रि बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोनको खरिदमा १ हजार छुट पाउनेछन् भने कम्पनीले घोषणा गरेको बिभिन्न पुरस्कारको बिजेता बन्ने अवसर पाउनेछन ।

भिबो मोबाइलको लागि नेपालको आधिकारिक बिक्रेता एपेक्स मनोकामनाको काठमाडौं स्थित न्युरोड हेर्ने भगिनी सँस्था एपेक्स लिंक प्राइभेट लिमिटेडले आयोजना गरेको कार्यक्रममा एपेक्स मनोकामनाका वित्त प्रमुख सुशील न्यौपानेले जानकारी दिए । उनकाअनुसार फेब्रुअरी १ देखि १३ सम्म प्रि बुकिङ खुला गरिएको छ ।

फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा न्युरोड क्षेत्रमा एक औपचारिक कार्यक्रमको आयोजना गरि फेब्रुअरी १ देखि १३ सम्म प्रि बुकिङ गर्ने ग्राहकहरुलाई लक्की ड्र मार्फत पुरस्कार समेत वितरण गरिने एपेक्स मनोकामनाका सेल्स हेड कुनल सिंह ९बन्टि०ले जानकारी दिए  ।  

कम्पनीले १४ फेब्रुअरीमा अनलाइन लक्की ड्र कार्यक्रम मार्फत बिभिन्न पुरस्कार घोषणा गर्नेछ । जसमा प्रि बुकिङ गर्ने ग्राहक मध्ये ३ जनालाई वाईटुएस १२ मोबाइल फोन उपहारमा दिनेछ भने १०० जनालाई २५०० रुपैयाँको कुपन अर्थात छुट दिनेछ । त्यस्तै ५०० जनालाई निशुल्क मोबाइल स्क्रिन दिनेछ । 

यसका साथै कम्पनीले अफलाइन लक्की ड्र कार्यक्रम बाट समेत थप पुरस्कार घोषणा गर्नेछ । जसमा प्रि बुकिङ गर्ने ग्राहक मध्ये १ जनालाई स्मार्ट टिभी, १ जनालाई वाई १२एस मोबाइल र २५० जनालाई भिबो ब्याग पाउनेछन ।

भिबोको प्रमुख कार्यकारी अधिकृत मार्सले नयाँ फिचर सहितको वाईटुएस १२ मोडलको फोन नेपाली बजारमा उत्कृष्ट साबित हुने विश्वास व्यक्त गरेका छन् । भिबोले कोभिड १९ को आर्थिक अवस्थालाई मध्यनजर गरेर उत्कृष्ट फिचर सहित कम बजेटको मोबाइल नेपाली बजारमा भित्र्याएको छ, साइडमा फिंगर प्रिन्टको सुविधाले वाई१२एस मोडलको फोनलाई थप आकर्षक बनाएको छ । भिबोले कम बजेटमा परिमार्जित फिचर सहित ल्याएको यो मोडलको फोन  नेपाली बजारमा हिरो साबित हुनेछ उनले बताए ।

वाई१२एस मोबाइलको डिस्प्ले ६ ।५१ इन्च रहेछ भने यसको ३२ जीबीको मेमोरी कार्ड जडान छ । मुख्य क्यामेरा १३ मेगा पिक्सेलको छ भने ब्याक क्यामेरा २ मेगापिक्सेलको रहेको छ । ग्ल्येसियर ब्लु र फान्टोम ब्ल्याकमा वाईटुएस १२ मोबाइल उपलब्ध छन् । ५००० मिलि एम्पियर आवर अर्थात ५ हजार घण्टासम्म ब्याट्री टिक्ने र साइडमा जडान फिंगर प्रिन्टको सुविधा तथा समकक्षी ब्राण्डको तुलनामा कम बजेट वाई १२एस मोबाइलको मुख्य बिशेषताहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL