Logo

इन्फिनिक्स नोट ८आई दराजबाट डेलिभरी शुरु, यस्तो छ गेमचेञ्जर दाबी गरिएको स्मार्टफोन

इन्फिनिक्स नोट ८आई दराजबाट डेलिभरी शुरु, यस्तो छ गेमचेञ्जर दाबी गरिएको स्मार्टफोन



काठमाडौं । नयाँ प्रविधि र सुविधाहरूको साथ प्रयोगकर्ताहरुलाई जम्मा २१ हजार ४ सय १० रुपैयाँमा अविश्वसनीय गेमिंग र फोटोग्राफीको अनुभव प्रदान गर्ने नयाँ इन्फिनिक्स नोट ८आई माघ १९ बाट दराजबाट डेलिभरी शुरु भएको छ ।

अक्टा कोर हेलियो जी प्रोसेसर, मिडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजी, १५ वाट सुपर चार्ज ५२०० एमएएच ब्याट्री, एन्ड्रोइड १० ओएस, ६।७८ इन्फिनिटी ओ डिस्प्ले, ६ जीबी राम, १२८ जीबी रोम, अल्ट्रा नाइट भिजनका साथ सुसज्जित ४८ एमपीको क्वाड क्यामेरा सेटअप, ८ एमपी फ्रन्ट शूटर र अरू धेरै सुविधाहरुका साथ उपलब्ध इन्फिनिक्स नोट आई साच्चिकैमा गेम चेंगर फोन मानिन्छ।

यस फोनको मूल्य २१ हजार ४ सय ९०रुपैयाँ तोकिएको छ । इन्फिनिक्स नोट ८ आईलाई गेम चेन्जर फोन पनि भनिन्छ। यसका निर्माताहरूका अनुसार यो स्मार्टफोन उनीहरूका लागि उत्तम हो जो एक किफायती मूल्यमा एकदमै सुलभ स्मार्ट फोन खरिद गर्न चाहन्छन्।

प्रतिक्रिया दिनुहोस्
MBL