Logo

सपिङका लागि नयाँ विकल्प ‘मुकुन्डो डट कम’ सञ्चालनमा, ग्राहकलाई शतप्रतिशत सन्तुष्टिको प्रतिबद्धता

सपिङका लागि नयाँ विकल्प ‘मुकुन्डो डट कम’ सञ्चालनमा, ग्राहकलाई शतप्रतिशत सन्तुष्टिको प्रतिबद्धता



काठमाडौं । ई–कर्मश अनलाइन सपिङ mगपगलमय।अयm (मुकुन्डो डट कम) सोमबारदेखि सञ्चालनमा आएको छ । अमेरिका र नेपालमा रही विभिन्न पेशा व्यवसायमा संलग्न रहेका नेपाली युवाले शुरू गरेको कम्पनी एमबीएसवाईएस ग्रुपको पहिलो भेन्चर मुकुन्डो नेपाल प्रालिले काठमाडौँमा एक कार्यक्रम आयोजना गरी कमर्श उक्त अनलाइन सार्वजनिक गरेको हो ।

ग्राहकलाई गुणस्तरीय सामान र उच्चस्तरीय ग्राहक सेवा उपलब्ध गराउन नेपाली बजारमा इकमर्श ‘मुकुन्डो डट कम’ थपिएको कम्पनीका विजनेश एण्ड मार्केटिङ डाइरेक्टर यदुनन्दन भट्टराईले बताए । उनका अनुसार मुकुन्डो डट कममा आधिकारिक र राम्रा गुणस्तरका सामान मात्र पाइने हुदाँ ग्राहकले सामान किनेपछि शतप्रतिशत सन्तुष्ट रहने विश्वास आफूहरुले लिएको जानकारी दिए ।

आफूले किनेको सामान हाललाई काठमाडौँ उपत्यकाका ग्राहकले कुनै पनि डेलिभरी चार्ज तिर्नुनपर्ने र यो सेवा निकट भविश्यमा पूरै नेपालभर विस्तार गर्ने उहाँले बताउनुभयो । सामान खरिद गर्दा नेपालका सबै बैंक र विदेशका बैंकको पनि मास्टर र भिसा कार्ड प्रयोग गर्न सकिने बताइएको छ । यसका साथै इ–सेवा, आइएमइ पे, खल्ती, फोन पे, प्रभु पे, सेल पे, कनेक्ट आइपिएसबाट पनि सामान खरिद गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL