Logo

ग्रीन लाइफ हाइड्रोपावरको आईपिओ निष्कासन माघ २३ देखि, सर्वसाधारणका लागि कति ?

ग्रीन लाइफ हाइड्रोपावरको आईपिओ निष्कासन माघ २३ देखि, सर्वसाधारणका लागि कति ?



काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले माघ २३ गते शुक्रबारबाट सर्वसाधारणका लागि आईपिओ बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ ।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL