Logo

सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित



काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले आफ्नो सेयरधनीलाई आ.व. २०७६/०७७ को मुनाफाबाट १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, सेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्डलगायत लगानी व्यवस्थापनको कार्य समेत सकृय रुपमा संचालन गर्दै आइरहेको छ ।

वाणिज्य बैंकको स्वामित्वमा रहेको सेयर सनराइज बैकले खरिद गरेपश्चात हाल यो कम्पनी सनराइज बैंकको पूर्ण संस्थापकत्वको साहयक कम्पनीको रुपमा संचालित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL