Logo

दरबारमार्गको सामसङ्ग डिजिटल प्लाजा अझ विस्तार हुँदै, सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध

दरबारमार्गको सामसङ्ग डिजिटल प्लाजा अझ विस्तार हुँदै, सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध



काठमाडौं । सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले दरबारमार्गको डिजिटल प्लाजालाई अपग्रेड र विस्तार गरेको छ । करिब ४३०० स्क्वायर फिटमा फैलिएको यो शोरुम नेपालको शोरुमहरु मध्ये एक ठुलो शोरुममा पर्दछ ।

सामसङ्ग इलेक्ट्रोनिक्स लिमिटेडका भाईस प्रेसिडेन्ट सुंग जुन पार्कले शोरुमको उद्घाटन गरेका छन् । सामसङ्ग प्लाजाले आफ्ना ग्राहकहरूलाई बिभिन्न तरिकाहरू मार्फत सुविधा पु¥याउदै आइरहेको छ । सामसङ्ग डिजिटल प्लाजामा किउएलईडी टिभी, एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसङ्गका उत्पादनहरु रहेका छन् ।

यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका ६ वटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ्ग डिजिटल प्लाजामार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL