Logo

अपि पावरको वित्तीय व्यवस्थापन हकप्रद शेयर बिक्री, सम्झौतामा हस्ताक्षर

अपि पावरको वित्तीय व्यवस्थापन हकप्रद शेयर बिक्री, सम्झौतामा हस्ताक्षर



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो लगानी तथा बैंक ऋणबाट सुदूर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना र दोश्रो ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजनाहरु संचालन भई नियमित विद्युत उत्पादन गरी राष्ट्रिय ग्रिडमा बिद्युत प्रवाह गरिरहेको जनाएको छ । कम्पनीले संचालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको बलाचँ सवस्टेशनमा जडान गरी अत्तरीया–वलाँच १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत विद्युत प्रवाह भईरहेको जानकारी दिईएको छ ।

सुदूर पश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरी कम्पनीले तेश्रो जलविद्युत आयोजना ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत निर्माणको कार्य द्रुत गतिमा गरिरहेको थाहा भएको छ  । यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुनेछ । यस आयोजना निर्माणका लागि जम्मा रु. ७४० करोड लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागत मध्ये ७० प्रतिशतले हुने रकम रु. ५१८ करोड हिमालन बैंक लिमिटेडको अगुवाईमा बैंक ऋण प्रवाह गर्नेगरी वित्तिय व्यवस्थापन सम्झौता मिति २०७७ साल आश्विन ११ गतेका दिन सु–सम्पन्न गरिएको छ । बाँकी ३० प्रतिशतले हुने रकम रु. २२२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाई कम्पनीले काम गरिरहेको छ । 

जसमध्ये प्रथम चरणको हकप्रद शेयर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०७७ साल आश्विन १८ गते स्वीकृत प्राप्त गरी मिति २०७६/११/३० गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ ०.४७६१९०४७६१९ (१- ०.४७६१९०४७६१९) को अनुपातमा प्रति शेयर रु. १००– अंकित दरको ५६,७०,००० कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा विक्रि खुल्ला मिति २०७७/०७/१४ गतेका दिन देखि २०७७/०८/०४ गतेसम्म खुल्ला गरी शेयरधनीहरुले गर्नेुभएको आवदेनबाट ४३,२३,७८२ कित्ता हकप्रद शेयर रु. १००– का दरले बिक्रि भई रु. ४३,२३,७८,२०० रकम स्वपूँजी संकलन गरिएको तथा बाँकी १३,४६,२१० कित्ता शेयर मिति २०७७/०९/०६ गतेका दिनदेखि २०७७/०९/१३ गतेसम्म शिलबन्दी बोलकबोल बढाबढ प्रकृयाबाट खुल्ला गरी आवदेन प्राप्त गरिएको छ ।

उक्त अवधिभित्र प्राप्त भएका बोलपत्रहरु मिति २०७७/०९/१९ गते खुल्ला गरी जम्मा ४३,६१,१२४ कित्ताको आवदेन प्राप्त गरिएको छ । जसमध्ये बोलकबोल बढाबढ प्रकृयाबाट १३,४६,२१० कित्ता शेयर बाँडफाँड अधिकतम मूल्य रु. २३० का दरले तथा न्यूनतम रु. २०२ का दरले प्रति कित्ता बाँडफाँड गरी कम्पनीले जम्मा रु. २८,६७,१९,४३५.५६ रकम संकलन गरेको छ । कम्पनीले यस आयोजनाको निर्माण २४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिई कार्य गरिरहेको छ । आयोजनाको विद्युत बिक्रिबाट प्रथम वर्ष रु. १६२ करोड आय आर्जन हुनेछ र सो आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्घि हुँदै जानेछ ।

कम्पनीले इनर्जी मिक्सको सिद्धान्त अनुरुप कार्य गरी चौथो आयोजनाको रुपमा ग्रिडमा आवद्ध ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजना पहिचान गरी निर्माण कार्य शुरु गरेको छ । प्रदेश २, रौतहट जिल्ला, चन्द्रपुर नगरपालिकामा सौर्य ऊर्जा उत्पादन प्यानलहरु कम्पनीले जडान गरी विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको चन्द्रनिगाहपूर सव–स्टेशनको ३३ के.भि. बसबारमा जडान गरी राष्ट्रिय प्रशारण लाईनमा विद्युत प्रवाह गरिनेछ ।

यस आयोजनाबाट वार्षिक ६९.२५ लाख युनिट विद्युत उत्पादन हुनेछ । यस आयोजना निर्माणका लागि जम्मा रु. ३३ करोड लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागत मध्ये २५ प्रतिशतले हुने रकम रु. ८.२५ करोड कम्पनीले आफ्नो स्वपूँजीबाट लगानी गरिनेछ भने बाँकी ७५ प्रतिशतले हुने रकम रु. २४.७५ करोड बैंक अफ काठमाडौं लिमिटेडको सहभागितामा बैंक ऋण प्रवाह गर्नेगरी वित्तीय व्यवस्थापन सम्झौता कम्पनीले मिति २०७७ साल पौष २० गतेका दिन सम्पन्न गरेको छ । आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपानले हस्ताक्षर गरे भने बैंक अफ काठमाडौंका तर्फबाट बैंकका चिफ विजनेस अफिसर विमल डागाँले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL