Logo

‘चीनबाट यसरी ल्याउन सकिन्छ इन्धन’, महाविर पुनको ‘आइडिया’

‘चीनबाट यसरी ल्याउन सकिन्छ इन्धन’, महाविर पुनको ‘आइडिया’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सुचना तथा प्रविधिको क्षेत्रमा दशकौंदेखि सक्रिय महाविर पुनले चीनबाट नेपालमा सजिलै इन्धन ल्याउन सक्ने आफ्नो आइडिया प्रस्तुत गरेका छन् । प्रविधिसँगको फ्युजन गर्दै उनले पाइपलाइन निर्माण गरेर तिब्बत हुँदै नेपालसम्म पेट्रोलियम आयात गर्न सक्ने बताएका हुन् । फेसबुकमा प्रस्तुत उनको आइडिया यस्तो छ :

‘गुरूत्व बलको प्रयोग गरेर केरूङबाट स्याफ्रुबेसी हुँदै बेत्रावती सम्म इन्धन ल्याउन सकिने एउटा उपाय छ । केरूङ् र बेत्रावती सम्म नदिको किनारमा पाइपलाइन विस्तार गर्न सकिन्छ । बेत्रावतिबाट काठमाडौंसम्मको सडकको दुरी भनेको केवल ८० किलोमिटर हो । त्यसबीचमा केहि भौगोलिक कठिनाई रहेपनि हामीले त्यसलाई समाधान गर्ने क्षमता राख्छौं ।

भौगोलिक रूपमा हेर्ने हो भने केरूङ् १८२० मिटर, स्याफ्रुबेसी १४९० र बेत्रावति ७०६ मिटर उचाईमा छन् । केरूङ्देखि स्याफ्रुबेसीसम्मको दुरी जम्मा १४ किलोमिटर मात्र छ । स्याफ्रुबेसीदेखि बेत्रावतिसम्म २९ किलोमिटर गरेर केरूङ्सम्मको जम्मा दुरी भनेको ४३ किलोमिटर मात्रै हो ।

यो भनेको एकपटकको लगानीमात्र हो जुन् दीर्घकालीन रूपमा हेर्दा निकै सस्तो पनि देखिन्छ । यसअघि रक्सौलदेखि अमलेखगन्जसम्म पाइपलाइन विस्तार गर्ने जुन् सम्झौता भएको त्यसमा पेट्रोलियम पदार्थ आयात गर्न केहि समस्या देखिन्छ । ८० मिटर उचाईमा रहेको रक्सौल र १५० मिटर उचाइमा रहेको अमलेखगन्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्दा ‘पम्प अप’ आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL